प्रहरी संगठनलाई भ्रष्ट्राचार मुक्त प्रहरी प्रशासन र गुण्डारहित समाज पहिलो प्राथमिकता ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा

५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामाले प्रदेश भरी शान्ति सुरक्षा कायम गर्ने आफ्नो पहिलो प्राथाकिता रहेको बताउदै सबै खाले गुण्डाराजको अन्त्य गर्ने बताएका छन । बिहिबार दाङ्खको तुल्सीपुरमा पत्रकार भेटघाटमा बताए हुन । एआइजी लामाले प्रहरी संगठनलाई भ्रष्ट्राचार मुक्त प्रहरी प्रशासन र गुण्डारहित समाज मेरो प्राथमिकता रहेको बताए । पत्रकारको एक प्रश्नको जवाफ दिदै प्रमुख लामाले प्रहरी संगठनबाट मानवअधिकार हनन हैन मानवअधिकारको संरक्षण गर्ने बताए ।उनलेप्रहरीको संघीय कार्यालयको संरचना कस्तो हुनेमा आफु नै अन्यौलमा रहेको भन्दै ऐन नआउँदा कार्य सम्पादनमा केहि अन्यौल रहेको वताए । उनले ऐन आएमा प्रहरीको संरचना स्थापना गरिने वताए । संघीय प्रहरी ऐन नवनेकाले काम कर्तव्य र अधिकारमा अन्यौल भएको भन्दै ऐन बनेपछि प्रदेश प्रहरी मुख्यालय सक्रिय रहने वताए ।
एआईजी कार्यालयको भौतिक पुर्वाधार नभएकाले आउँदो निर्वाचनसम्म तुलसीपुरमा रहेको कृषि विकास वैंकको पुरानो भवन भाडामा लिएर संघीय प्रहरी मुख्यालय स्थापना गर्ने तयारी रहेको बताए । प्रदेश नम्बर ५ को प्रहरी मुख्यालय दाङको तुलसीपुरमा स्थापना गरिएको छ । साविकको राप्ती अञ्चल प्रहरी कार्यालयलाई एआइजीको कार्यालयमा रुपान्तरण गरेर विहिवारदेखि संघीय प्रहरी कार्यालय बनाइएको हो ।
पाँच नम्बर प्रदेश प्रमुखमा मिङमार लामा आएका छन । बुधवार दाङ आएका लामाले विहिवार मुख्यालयमा पदभार समेत ग्रहण गरेका छन । सरकारले प्रदेशको मुकाम नतोके पनि प्रहरीको संघीय कार्यालय दाङमा राख्ने निर्णय गरेपछि संघीय प्रहरी प्रमुख लामा दाङ आएर काम सुरु गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस