१६ बर्षमाथिका महिलालाई देहव्यपारमा कानुनले छुट दिएको छ : डिएसपी भट्टराई

कोहलपुर क्षेत्रमा हुने देहव्यापारका सम्बन्धमा भर्खरै कोहलपुरको सुरक्षा बागडोर सम्हालेका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले विवादास्पद अभिव्यक्ति दिएका छन् ।

सोमबार आप्mनो कार्यालय परिसरमा पत्रकारहरुसँगको पहिलो भेटघाट कार्यक्रम आयोजना गरेका प्रहरी नायब उपरीक्षक भट्टराईलाई पत्रकारले कोहलपुर क्षेत्रमा देह व्यापार मौलाउँदै गएकोमा प्रहरीको अभियान के रहन्छ ? भन्ने जिज्ञासा सम्बोधन गर्ने क्रममा उनले १६ वर्ष पुरा गरेका महिलाहरुले सहमतिमा कुनै पनि पुरुषसँग शारिरीक सम्बन्ध राख्न संविधानले छुट दिएको भन्दै प्रहरीले जथाभावी छापा मारेर पक्राउ गर्न समस्या रहेको बताए । डिएसपी भट्टराईको अभिव्यक्तिले कोहलपुर क्षेत्रमा यौन तथा देह व्यापारले प्रश्रय पाउने देखिन्छ । यस अघिका प्रहरी नायब

उपरीक्षक शुरेस प्रसाद काप्mलले अभियानकै रुपमा देह व्यापारमा संलग्नहरुलाई नियन्त्रणमा लिनेक्रममा पेशेवर रुपमा देहव्यापारमा संलग्न १६ वर्षमाथिकै महिलाहरु संलग्न रहेको पुष्टि भएको थियो । कानुनले छुट दिएको वहानामा प्रहरीले १६ वर्षमाथिका महिलाहरुलाई देहव्यापारमा संलग्न भएको अवस्थामा फेला पारेपनि नियन्त्रणमा लिन  अग्रसरता देखाउने लक्षण नदेखिएको डिएसपी भट्टराईको अभिव्यक्तिले संकेत गरेको छ ।

कार्यक्रममा कोहलपुर क्षेत्रमा विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकार, सञ्चारकर्मीहरुले कोहलपुरको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । सञ्चारमैत्री कार्यालयको रुपमा विकास गर्न प्रहरी उपरीक्षक भट्टराई भने प्रतिबद्व रहने बताएका थिए । उनले सञ्चार क्षेत्रको महत्व आपूmले राम्रोसँग बुझेको भन्दै कार्यालयबाट हुने सबै प्रकारका कार्यसम्पादन र विशेष अपराध र सार्वजनिक महत्वका विषयमा हुने कार्यसमपादनबारे पत्रकार सम्मेलन तथा पत्रकार भेटघाट कार्यक्रमहरु आयोजना गरेर सार्वजनिक गरिने बताए । त्यसको लागि यहाँका पत्रकार, सञ्चारकर्मी तथा प्रहरीको बीचमा सूचना आदान प्रदान हुने गरी सामाजिक सञ्जालमा समूह निर्माण गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस