कथा : हात्तिराम

हत्तपत्त आमा मेरो ओछ्यानमा आइपुगिन ।
“ एइ जा त जा पर हाम्रो गल्बो बाट हात्ति पसे जस्तो छ, सवै तेतै तिर राकोँ लिएर गएका छन । आज केही नराख्ने भो पसाउन लागेका धान जती ।”
आमाको बोलीले मेरो निन्द्रा खुल्यो । हात्ति आयो हात्ति ! यो आवाज कुनै नौलो थिएन हाम्रा लागी । मेरो दिनभरिको भाग दौडले शरिर निकै थाकेको थियो । खाना खाएर सातै बजे निदाए छु । यसो घडि हेर्दा त बर्खर साझँको साडे आठ भएको रहेछ । आज निन्द्रा पनि कति छिटो लागेछ । भेष्ट समातेर कट्टु को भरमा दगुरे मान्छेको हो हल्ला र राँको भएको तिर । मान्छेहरु आफ्ना खेतमा बावियाको राकोँ समातेर बसेका रहेछन ।
“ए….. यता छ । हात्ति सुकनेको खेत तिर पस्न लाग्यो । खोइ सुकने कता छ ?”
भिडभाडले सुकने लाइ बोलाउन थाल्यो । “ए।। सुकने तेरा खेत तिर हात्ति छिर्यो।”


सुकनेको आवाज र राकोँ कतै देखीएन खेतमा । सुकने जाँडले मस्त अटुवामा सुतेको होला । मान्छे एकनासले कराउन थाले । हिजो पानी परेकोले खेतका आलि पनि हिलाम्मे थिए । धन्न हाम्रो खेत तिर छिरेन छ हात्ति । बढेमानको हात्तिको छाया देखियो सुकनेको खेतको छेउमा । मान्छेको होल्ला र उज्यालोले हात्ति थोरै हच्चिकियो । विस्तारै बाजा,थाल र शखंको आवाजले हात्तिलाइ सुकनेको खेत बाट खोला पारि सम्म पुगाए ।
“ए हात्ति कता गयो ? ”
कोइ खोला पारि छ भन्थे , कोइ होइन जंगल भित्र छिरिसक्यो भन्थे तर हात्तिराम दाइले पनि खोला तरेको सम्म मात्र देखे त्यस पछि उनको आखाले पनि भर पाएन रे । विस्तारै दलेको घर अगाडि मान्छे राकोँ लिएर आगोको नजिक उभिए । चोकमा सधै आगोका धुनि भइरहन्छ । मान्छे विस्तारै एक एक गर्दै जम्मा हुन लागे । हात्तिराम दाइ सबै भन्दा अघि आइपुगेको थिए । विस्तारै धने, हर्के,दले र बलदाइ पनि जागेंका भरमा आइपुगे । एक एक गर्दै ठुलो भिड भयो । सबैले पहिले आएका हात्तिराम दाइको कुरा तिर ध्यान दिन थाले ।
“सालेको पुछरमै आगो लगाएको यसरी दौडियो कि एकैचोटि खोला पारि देखीयोे । साले मेरा फेला परे के रन्थ्यो ”। उनको रबाफ सुन्न भिड जम्मा हुन थाल्यो । साच्चै निकै माहिर छन हात्तिराम दाइ । उनको धानमा त आजसम्म हात्ति छिरेको छैन । उनको नजिकका खेतका मान्छे पनि मस्त सुते हुन्छ । उनले यसरी हात्ति कुरेको पनि तिस बर्षभन्दा धेरै भयो अरे । उनका जमानाका किस्सा त कति छन छन । उनको चाल पनि हात्तिको जस्तै छ रे बले दाइले भनेका । जमानामा हात्तिको चाकमै राकोँ झोस्थे रे । अनि उनको गल्बो बाट हात्ति कैहिलै आउन सक्थेन । हात्ति गाउमा छिरेको पनि उनलै थाहा दिन्थे । म पनि उनको अटुवामा दुइ तिन चोटि सुतेको छु । अलि होचा कदका हात्तिराम दाइ हात्तिको एक बगाल पनि एक्लै लखेटिन्थे रे । पहिला त उनको आवाज पनि निकै ठुलो थियो अरे । अचेल त अलि चाउरी परेका छन उनका गाला, आखाँ भरि निलो डाम देखिन्छ । सायद अनिदोले र जाँडले यिनलाइ पनि थोरै गलाए छ जस्तो लाग्छ । तर कसैगरि यो गाउँमा हात्ति छिर्यो कि उनैले हो पहिले थाहा पाउने । यो गाउँमा बाली सबै भन्दा राम्रो गरि उनैले उठाउछन खेतबाट । अरुका त आधा हात्तिले खान्थ्यो र बचेको कुचेर ठिक पाथ्र्यो हात्तिले । हात्ति छिरेको खेत भुतलेको कपाल जस्तो हुन्थ्यो । पुरै छरपस्ट । धानको बाला जती हात्तिका पाइला भित्र माटोमा धसिएका हुन्थे । मान्छेहरुको बर्ष भरिको आशा एक रातमा स्वाहा भएको आखाले हेर्न भन्दा केही गर्न सक्थेनन । बचेको जे छ माटो समेत उठाउथे । तर हात्तिराम दाइकोमा त हात्ति पनि छिर्थेन । मान्छे उनका धान देखेर सबै छक्क हुन्थे । कसरी बचाउछ होला यो जंगलको छेउमा बाली भनेर ? तर कसैलाइ के थाहा तिस बर्ष भो रे हात्तिराम दाइ एक घन्टा ननिदाएको । एकदिन अटुवामा कुरै कुरामा भनेका थिए ।
“अनिके बाबु भात खाने मायाले तराई झरियो के गर्ने हामि भन्दा अघि लाग्यो दुःख , त्यसै त काँ खाना पाइएको छ र दिपक राजाले पनि कस्तो जग्गा भिडाए भने ” उनले लामो सुस्केरा हाल्दै रोकिए।
दिपक राजाले बेचेका हुन यो जग्गा चार हजारमा । आधा त ऐलेली छ आधाँ नम्बरी । उनी आफ्नो गल्बोमा ठुलो धुनी जगाइरहन्थे । निकै मेहनती छन । उनका दुइ छोरी र एक छोरो छ अनि एउटी झ्याउली श्रीमती । भाइ पनि थियो रे अलमुडा गएको उतै गडवाली विहे गरेर घर ज्वाँइ बस्यो रे । उनको जिविका धान्ने भनेको यहि खेती हो । हात्तिराम सबैले भनेको सुनेर भनेको तर बास्तवीक नाम पनि के हो कसैलाइ थाहा छैन । तर यो नामले उनि पल्लो गाँउ सम्म परिचित छन ।
मान्छेहरु गफमा मस्त हुन थाले । हात्ति लखेट्न आएकाहरु आफ्नो तरिकाले हात्तिका कुरा चले । म थोरै कुनामा बसेँ मेरो छेउमा दले र हर्के बसे । यो साल हात्ति कम लागे । यो साल विचका धान समेत रहेनन । यति मान्छे मार्यो, फलानो घाइते भयो । फलानो धन्न बाच्यो यस्तै यस्तै तर जव हात्तिराम दाइको कुरा आयो । सबैले उनको मुख तिर हेरे । बले दाइले उचाले “ए दाइ तिम्रो त्यो इन्डिया बाट हात्ति आएको सालका खिस्सा भनन । उनि थोरै मुस्कुराए केही बोलेनन । उनि केही नवोल पछि सुनेकै भरमा बले दाइले बयान गरे ।
“गाउमा बे हात्ति दिउसै देखिन्थे । मान्छेहरु हात्ति रामरी हेर्न पनि खोलाको किनार जम्मा हुन्थे समसाझै । बस्तु भाउ चरे जस्तै केही धक नमानी चर्थे खोला पारी हात्ति पनि । होइन दाइ रु बले दाइल
ु, तर ति हात्तिले धान बाली खाए पनि मान्छेलाइ त नोक्सान गरेनन है मान्छे देखी अलि डराउथे । त्यो एक्लै हिड्ने दारे हात्ति जस्तो खराव त होइनन् नि ति हात्ति ।” तर बले दाइले लामो सास ताने ।
“साला खेतमा छिरे भने मात्रै पनि पुग्थ्यो। खान पर्थेन, मिचेर साफ गर्दिन्थे । त्यो साल त हात्तिराम दाइले पनि धान रामरी उठाउन पाएनन् । हैन र दाइ रु तर दाइले धैरै हात्तिको पुछर नै पोले त्यो साल । ”
हात्तिराम दाइ हासेँ । उनका पहेला दात एक दम मिल्यो त्यो पहेलो आगोको धुनी अगी । आगोको धुनी ठुलो ठुलो हुदै गायो । बल दाइको गफ सकिएको थिएनन् रातको बाह्र बजिसकेछ । सवैका आखा र शरिर विस्तारै औइलाउदै गए। भिड बाट एक एक गर्दै मान्छे निक्लन थाले पछि । मान्छे कम देखीन थालेको थियो बले दाइको गफ पनि सानो सानो हुदै थियो । सबै आफ्ना अटुवामा सुत है हात्तिराम दाइको आवाज कतिले सुने कतिले नसुने जस्तै आफ्ना घर र अटुवा तिर लागे मलाइ निन्द्राले छोडिसकेको थियो म पनि अटुवा तिर लागेँ ।

निन्द्रा खुल्दा विहानको आठ बजिसकेछ । आखाँमा घा परे पछि बल्ल थाहा पाएँ । उठ्दा थाहा भयो म त अटुवामा सुतेको रहेछु । ओहो१ राति सुतेको बेला बनेल र चित्तले भ्याए क्या धान । यसो खेत तिर हेरे विहानको हावाले धानका बाला नाचिरहेका थिए । विस्तारै हरिया धानका बोट पहेला हुदै थिए । साच्चै आमा छोराले गरेको खेति पनि राम्रै भएछ । बाउ नआए को पनि दुइ साल भो इन्डिया बाट । अटुवा बाट तल झरेर मलाइ गाँउ भरिको विवरण ल्याउनु थियो हिजो राति हात्तिले कस्को धान कति खायो रु र कता कता हात्ति पस्यो । म सिधै सुकनेको खेततिर हानिए । सिकने चिउडिमा हात राखेर खेत हेर्दै थियो । उ संग केही बोल्न मन लागेन यसो खेत हेरेको त जगल्डा भुतलिएको आइमाको कपाल जस्तो थियो सुकनेको धानको खेत । “साला यो चोटि त डिजेलको पैसा पनि नउन्निने भयो ।” सुकने बरबराउदै थियो । साल हिजै घर मरेको हिजै आएर मरेछ यो हात्ति पनि । दुइ तिन दिन भएको थियो हात्ति गाउँमा नछिरेको अझै नआउला भनेर सदरमुकाम गएका थिए सुकने । उसै कालो मान्छे त्यसमा निलो भइसकेका थिए सुकने । आफुलाइ धिर्कादै थिए हिजो घर छोडेकोमा । “त्यो साले हात्तिरामलाइ हेर्दे है भनेको चिर्थानेले हेरेनछ, पख न कुनै दिन पालो त आउला नि १ एक दिन पनि हेरर्दैनन् । पोहोर त्यसकी छोरीको विहेको बेला तिन दिन त कुरिदिएको थिएँ त त्यो चिथार्नेको खेत ” सुकनेले हात्तिरामलाइ सराप्दै आफ्नो रिस पोखी रहेकाथिए । मैले बोल्न उचित नठानेर खेतै खेत घर तिर हानिएँ ।
धान केही नहुने भए पछी सुकने भदौ मै अलमुडा तिर लागे । घर त पाल्नुनै छ । यो गाउँको सबै एकचोटि अलमुडा तर जान्छन तर बालि थन्काएर दशै माने पछि । बाली विस्तारै पहेलो हुदै गयो पुरै खेत नै बसाउन थालेको थियो भरिएको दुधे चामलले । छेउको लाइनमा हात्तिराम दाइको भन्दा अरुको आधी धान खेतमा र आधि हात्तिलाइ भइसकेको थियो । खेतका धान जति खलियाँनमा आइसकेका थिए अरुका दुइ कुन्यू थिए भने हात्तिराम दाइका चार कुन्यु थिए । उनि मख्ख थिए खलियान सम्म धान आइपुगेकोमा । म पनि अटुवा छोडेर खलियानमा सुत्न थालेको थिएँ । अचेल अलि ढुक्कले निदाउन थालेको थिएँ । तर हात्तिको के भर कति चोटि हात्तिले कुन्यु पनि तानेको छ ।

हाम्रो घर अलि विच तिर थियो । एकलाइन खोलाको छेउमा हात्तिराम दाइ ,दलृे शिव र बालाराम हरुको घरको लाइन छ । त्यस पछि हाम्रो हर्के,कृष्णे हरु को घरको लाइन पर्छ त्यस पछिको अर्को लाइन दिपक राजाहरुको र शान्तिबजार पर्छ । एका विहान बाटोमा भात्त र भुत्त गर्दै मान्छे खोला तिर दौडेको आवजले मेरो पनि निन्द्रा खुल्यो । हात्तिराम दाइको घर अघि निकुञ्जको गाडि रोकिएको थियो । मान्छेको भिडले घरलाइ घेरेको थियो केही थान आर्मिले गाँउलाइ घेरेको थियो । म पनि दौडिए गन्जी समाएर हात्तिराम दाइको घर तिर । भिड छिचोल्दै उनको आगँनमा पुगे । हात्तिराम दाइ भिडमा बोलेको कतै सुनिएन । उनको अनुहार कतै थिएन भिडमा । भिडको भित्र छिरे पछि हात्तिराम दाइ भाउजुको पछेउरा ओडेर सुतिरहेका थिए आफ्नै आगनमा दुनियाँ लाइ रमिता बनाएर । ला १ हात्तिराम दाइलाइ त हात्तिले हानेछ । मान्छेहरुका आखाँ राता थिए हात्तिराम दाइको त्यो लास देखेर । या मान्छेहरु रातभरि नसुतेका पनि होलान तर कसरी सबैका आखा राता छन उनको छोरो सरकारी मान्छेलाइ रुन्चे स्वरमा बयान दिदै थियो ।
“हात्ति आयो भनेर बा कराउने बेला बा को हातमा राकोँ थियो । हात्ति कुन्यौमा धान खादै थियो । बाले हात्तिलाइ पछाडि बाट राको झोस्नु भो हात्ति च्वाँ।।। गरेर करायो बा घर तिर दगुर्दै हुनुन्थ्यो नल्कामा चिप्लिएर आगँनमा ताड्डिनु भयो अनि उठेर भाग्दा भाग्दै बा लाइ हात्तिले खल्यानमा पुग्ने गरि फाल्यो अनि फेरी खल्यान बाट आगनमा फाल्यो हामि घर भित्रबाट बाको तमासा भन्दा अरु केही गर्न सकेनौ । विस्तारै धान खाएर हात्ति जगंलतिर लाग्यो ।”
सबै कुरा टिप्यो त्यो सरकारी मान्छेले । तर तिनको आशु रु हात्तिराम दाइको जिन्दगीको किस्का रु तिनिले तिस बर्ष सम्म हात्ति भगाउदा र कुर्दाका किस्का ? अँह केही टिपेन । हामि तपाइको श्रीमान मारिएकोमा निकै दुःखी छौ । केही राहात दिने आस्वासन दिए हात्तिरामदाइको परिवार लाइ । हात्तिराम दाइलाइ पोष्टमार्टमको लागी सदरमुकाम लगे । विस्तारै हात्तिराम दाइका घरबाट मान्छे पातला हुदै गए ।
समय वितेको थाहै भएन । जाडो वितेछ । हात्तिराम दाइको परिवारलाइ छ महिना पछि निकुञ्जले एक लाख पैसो दियो अरे १ मान्छेहरु खेतको मोह विस्तारै छोडेर अलमुडाका ढुगां प्यारो हुन थालेको थियो । मलाइ अटुवा तिर जान मन लाग्दैनथ्यो । आमाले पनि करकाप गर्न छाडिसकेकी थिइन । एकदम सुनसान थियो हात्तिराम दाइको घर । हात्तिराम दाइका किस्सा पनि बले दाइ अचेल सुनाउन छाडेका थिए । उनि विस्तारै हाम्रो स्मृती बाट हराउदै थिए । मैले पनि गाउँ छोडेर दिल्ली फुपुको छोराले नौकरी लाइदिन्छु भनेको थियो । म सबै सबै विर्सेर दिल्ली तिर लागेँ । म गाडि चढेको आधा घन्टा पछि एउटा चेक पोष्टमा गाडि रोकियो । हाम्रा झोला चेकिङ्ग हुन थाल्यो । “भाइ तँपाइको झोलामा के छ ?” एउटा आर्मिको आवाज सुनियो । केही नवोलि झोला दिएँ । भन्न त मन थियो नि । म सित अनिदा हात्ति कुरेका मेरो गाउँको डर छ । हात्तिले मारिएका हात्तिराम दाइको आत्मा छ । बाघले खाएको तुला भाउजुको कानो आखोँ छ । हात्तिले चेपिएको मुसुवाको एउटा मसिनो खुट्टा छ । र मेरो गाउको मा आतंक छ । म केही बोलीन यो सब सिस्टम थियो ।

प्रतिक्रिया दिनुहोस