no-image

नेपाल इन्जिनियर्स एसोसिएसनको ११ औ शाखाको रुपमा आज दाङ शाखाको तदर्थ समिति गठन गरिएको छ ।

अनन्त राज घिमिरे

आज घोराहीमा सम्पन्न भएको ईन्जिनियरहरुको भेलाले नेपाल इन्जिनियर्स एसोसिएसन दाङ शाखा समितिको लागि युवा ईन्जिनियर अनन्त राज घिमिरेको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । उपाध्यक्षमा सन्तोष शर्मा, सचिबमा अपिल केसी, कोषाध्यक्षमा कोफुला श्रेष्ठ, सदस्यहरुमा रामधन श्रेष्ठ, डिल्लीराम डाँगी र बासुदेब भण्डारी चयन भएका हुन ।

ईन्जिनियर मन्दिप सुबेदीको अध्यक्षता एवं सांसद राजु खनालको प्रमुख आतिथ्यता एसोसिएसनका केन्द्रिय महासचिब उमेशप्रसाद थानीको बिशिष्ट आतिथ्यतामा भेलाको उद्घाटन गरिएको थियो ।

भेलामा प्रमुख अतिथिको आसन बाट बोल्दै सभासद तथा नेपाली कांग्रेस दाङका युवा नेता राजु खनालले भेलाको सफलताको शुभकामना व्यक्त गर्दै इन्जिनियरहरुले अनुगमन, निरीक्षण तथा नियन्त्रण प्रभाबकारी ढंगले गर्नुपर्ने बताएका थिए भने नेपाल इन्जिनियर्स एसोसिएसनका महासचिव उमेश थानिले बिशिस्ट अतिथिको रुपमा बोल्दै आफुले नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा इन्जिनियरहरुको हक र हितका लागि देशै भर संगठन बिस्तार गर्ने भनी मत मागेको स्मरण गर्दै उक्त मर्म अनुरुप दाङ तथा सुर्खेतमा नयाँ च्याप्टर स्थापाना गर्न लागिएको बताएका थिए।

कार्यक्रमको सभापतित्व ग्रहण गरेका ने इ ए का पुर्ब कार्यकारिणी सदस्य मन्दिप सुबेदिले दाङमा क्रियाशिल इन्जिनियरहरुको भावनाअनुरूप नै अनन्तराज घिमिरेलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको र आफुलाइ ने इ ए ले दिएको केन्द्रिय प्रतिनिधिको भुमिका निष्पक्ष रूपमा निभाएको बताए। कार्यक्रममा बोल्दै ने इ ए का युथ कोअर्डिनेशन तथा वेलफेर कमिटिका को चिएर पर्सन प्रकाश के सिले अब देशभरिका इन्जिनियरहरुले पेशागत मर्यादा, अधिकारका लागि पनि एकजुट हुनुपर्ने धारणा राखे। अब प्रदेश नम्बर पांचमा ने इ ए को दांग, नेपालगन्ज , बुटवल शाखा गरि तिन ओटा शाखा भएका छन ।

प्रतिक्रिया दिनुहोस