प्रदेश राजधानी दाङमा उपयुक्त

 

दाङ २३ भदौ
जिल्ला समन्वय समिति दाङले प्रादेशिक राजधानीका आधार र जिल्लाको सन्तुलीत
विकासको बारेमा शुक्रवार जिल्लाका राजनीतिकदल, उपहानगरपालिका, नगरपालिका र
गाउँपालिका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघ र पत्रकार महासंघ र अन्य
सरोकारवालासँग छलफल गरेको छ ।
छलफलका सहभागिले दाङ प्रदेश राजधानीको लागि उपयुक्त ठाउँ भएकोले त्यो
अनुसारको संरचना र वातावरण निर्माणमा लाग्न पर्नेमा जोड दिएका थिए ।
प्रदेशको बीच भागमा रहेको दाङ भु बनोट, शुरक्षा, संवेदनशीलता,
भौतिकपुर्वाधारको , जमिनको पर्याप्तता र हावापानीको हिसाबले पनि राजधानी
बन्न उपयुक्त भएकोले त्यो अुनसार वातावरणमा भूमिका खेल्न पर्ने वताएका थिए
। छलफलमा नेकपा एमाले स्थानीय कमिटि सदस्य तथा पुर्व संचारमन्त्री शंकर
पोख्रेलले प्रदेश राजधानीको लागि सवै क्षेत्रको सहयोग आवश्यक भएको वताए ।
उनले प्रदेश राजधानीको लागि अस्थायी केन्द्र सरकारले तोक्ने वताए । उनले
त्यसको लागि सवै मिलेर प्रभावकारी ढङले काम गर्नु पर्ने वताए । ‘प्रदेश
राजधानीको दाङमा केन्द्र तोक्नको धेरै जटिलता छैन । त्यो प्राप्त गर्न
सकिन्छ’ पुर्व मन्त्री पोख्रेलले भने ‘ राजधानी थेक्ने संभावना जिल्लामा धेरै छ
। त्यो अरुलाई पनि बुझाउने काम गर्नु पर्छ । विश्वास बढाउने काम सवै
क्षेत्रवाट गर्न आवश्यक छ ।’ उनले दाङसँग प्रादेशिक राजधानी बनाउने आधार
भएको भन्दै भावनात्मक एकतामा जोड समेत दिए । शुरक्षाका दुष्टिकोणले,
पुर्वाधार निर्माणको लागि प्रयाप्त जग्गा र अन्य कारण दाङसँग छ’ पुर्व मन्त्री
पोख्रेलले भने ‘ त्यो कारण यो अन्य जिल्लालाई चिढाएर भन्दा पनि सभावना
देखाउदै मनाउने काम गर्नु पर्छ ।’ उनले क्षेत्र स्तरको विमानस्थल, सडक
निर्माणलाई ध्यान दिनु सुुझाव समेत दिए । ‘सडक र पुलको काम
लामोसमयसम्म पनि वन्न सकेका छैन । फोर लेन बनाउने सडक पनि टु लेन बनाउने
चलखेल भएको छ’ उनले भने ‘ आएका विकासका कार्यक्रमलाई रोक्ने काम भएमा
विकासले गति पाउन सक्दैन । त्यो कारण आएका कार्यक्रमलाई प्रभावकारी रुपले
अघि बढन दिनु पर्छ ।’ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको
अध्यक्षतमा भएको छलफल कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव शंकर प्रसाद
डाँगीले प्रदेश राजधानी सवैको चासो र चिन्ताको विषय भएको भन्दै त्यो
वातावरण निर्माण गर्ने सवैको दायित्व भएको वताए । उनले भोली राज्यले
राजधानी तोकेमा कुन ठाउँमा कुन संरचना बनाउने ति क्षेत्रको पहिचान गरेर
अघि बढनु पर्ने विचार राखे । नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले
जिल्लाको विकासको लागि सवैको चासो आवश्यक भएको वताए । ‘भुगोल र अन्य
विविधि पक्षले पनि दाङ राजधानीको लागि तयार छ । त्यो अनुसार संरचना
निर्माण र वातावरण बनाउने जिल्लाम सवै दङगालीको हो’ अध्यक्ष खडकाले भने ।
नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले जिल्लाको विकासको लागि
गुरुयोजना आवश्यक भएको वताए । ‘प्रादेशिक राजधानीको अस्थायी मुकाम राज्यले
तोक्ने भन्दै भोली त्यसलाई स्थायी बनाउनको लागि सवै क्षेत्रको सहयोग
आवश्यक छ । त्यो भूमिका सवैले खेल्नु पर्छ ।’ उनले तत्तकाल तुलसीपुर
उपमहानगरको टरिगाउँको विमानस्थलको विस्तारदेखि लमही कोइलाबास सडक,
स्वाथ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउने वताए । स्थानीय विकास अधिकारी
कुलबहादुर जिसीको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रममा घोराही
उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहागरपालिका प्रमुख घनश्याम
पाण्डेले प्रादेशिक राजधानी र जिल्लाको विकासको योजना बनाएर अघि बढन
आफुहरु तयार भएको वताए । ‘सवै क्षेत्रको सहयोग र सहकार्य भएमा जिल्लामा
प्रादेशिक राजधानी बनाउन कसैले रोक्न सक्दैन । त्यो अुनसारको अभियानमा सवै
लाग्नु पर्छ’ घोराही उपमहानगरपालिका प्रमुख चौधरीले भने । त्यसैगरेर
तुलसीपुर उपमहागरपालिका प्रमुख पाण्डेले जिल्लाको विकासको लागि वृहत्तर
विकासे गुरु योजना बनाएर अघि बढनु पर्ने र त्यो कार्यमा सघाउन उपमहानगर
तयार भएको वताए । कार्यक्रममा राजमोका अध्यक्ष रेशम विसी,ठाकुर रोका, शरन
चौधरी, घोराही नगरका पुर्व प्रमुख अमरबहादुर डाँगी, राप्ती गाउँपालिका
प्रमुख नुमानन्द सुवेदी, गढवा गाउँपालिका प्रमुख शहजराम यादव, दाङ उद्योग
वाणिज्य संघका निवर्तमान अध्यक्ष हेमराज बन्जाडे, नागरिक समाज दाङका सचिव
चन्द्रराज पन्त, अधिकारकर्मी विकिरण गौतम र पत्रकार शरद अधिकारीले विचार
राखेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेल शर्माले
प्रादेशिक राजधानीका आधार र जिल्ला समन्वय समितिका डा गोविन्द आचार्यले
समन्वयात्मक विकास र पर्यटनको क्षेत्रको विकाका बारेमा कार्यपत्र प्रस्तुत गरेका
थिए । कार्यक्रमको सहजिकरण जिल्ला समन्वय समितिका सुचना अधिकृत कृष्ण
केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस