बालविद्याको स्वागत कार्यक्रम सम्पन्न

बालविद्या आवासिय मा.वि. कोहलपुरमा अध्ययनरत विद्यार्थिहरुले ११ कक्षामा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका
छन । शनिबार बृहत कार्यक्रमको आयोजना गरेर १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुले नयाँ छात्र, छात्रालाई स्वागत गरेका हुन ।
बिगत लामो समयदेखी संचालनमा आएको उक्त विद्यालयले हरेक वर्ष नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप शनिबार स्वागत कार्यक्रमको आयोजना गरिएको विद्यालयका निर्देशक गोविन्द सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार नयाँ ब्यवस्थापनका साथ संचालनमा आएको विद्यालयले आप्mना नयाँ विद्यार्थीहरुलाई भब्यताका साथ स्वागत गरेको हो ।
विद्यालय संचालक समितिका अध्यक्ष पदमा खड्का अध्यक्षमा आयोजना गरीएको स्वागत कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र÷छात्राले साँस्कृतीक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । विद्यालयका प्रमुख निर्देशक सुरज रिजालको प्रमुख आतिथ्यतामा कोहलपुरस्थित पार्टि प्यासेलमा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस