प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति  निर्वाचन प्रणाली जरुरी रहेको माओवादी नेता बर्षामान पुन

बर्दिया,२९ भाद्र । ने क पा माओवादी केन्द्रका प्रदेश नम्बर ५का ईन्चार्ज एंव अनन्तले संविधानमा उल्लेखित जनअधिकारहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको बताउदै सोही राजनैतिक एजेण्डा लिएर आफुहरु प्रदेश तथा संघीय निर्वाचनमा जाने बताएका छन् ।
पार्टीको कार्यकर्ता प्रशिक्षणका क्रममा बर्दिया आईपुगेका नेता पुनले गुलरिया उधोग बाणिज्य संघको सभाहलमा प्रेस सेण्टर नेपाल बर्दियाले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा राजनैतिक स्थिरता,नेतृत्वको निरन्तरता , राष्ट्रिय स्वाधीनताको रक्षा र देशको शीघ्र आर्थिक समृद्धिको लागि आफनो पार्टीले उठाएको एजेण्डा उतmम रहेको बताए ।
पुर्व अर्थमन्त्री एंव माओावदी नेता पुनले हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाइ हेर्दा ईमानदारी कमाईले कोही पनि ब्यक्ती चुनाव लडन नसक्ने परिस्थिति देखिएको बताउदै गरिब तथा ईमानदार ब्याक्तिहरु जनप्रतिनिधि हुन पनि समानुपातिक समावेशी निर्वाचन प्रणालीको आवश्यकता रहेको जिकीर गरे ।
पार्टीको घोष्णा पत्र तैयारी,उम्मेदवार छनौट समिति निर्माण र सातै प्रदेशमा प्रशिक्षण कृयाकलापद्धारा मंसीर १० र २१ गते संघीय तथा प्रादेशकि निर्वाचनको तैयारीमा माओवादी केन्द्र जुटिसकेकोले बताउदै नेता पुनले प्रदेश नम्बर ५मा माओावादीले नेतृत्व लिने दावि पनि गरे ।
संविधानमा प्रदेशको नाम तथा राजधानी प्रदेश सभाको दुई तिहाई बहुमतले निर्णय हुने संवैधानिक व्यवस्था रहेपनि राजनैतिक दलहरु बीचको सहमतिबाटै प्रदेशको नाम र राजधानी कायम रहने बताए। उनले भौगोलिक हिसाबले दांग र हवाई सम्पर्कको हिसाबले बुटवल या नेपालगंज प्रदेशको राजधानीका लागि उपयुक्त भएपनि हरेक शहरहरुलाई एक अर्काको परिपुरकको रुपमा विकास गरिने बताए ।
पर्यटकीय,कृषि तथा जलस्रोतमा प्रशस्तै सम्भाब्यता बोकेको गुलरियालाई शैक्षिक तथा औधोगिक हब बनाउने, गुलरियामा नाका खोल्ने काम ,बबई नदी तटबन्धन र हुलाकी सडक पक्की गर्ने काम आफनो पार्टीको प्राथमिकतामा रहेको बताए ।
प्रेस सेण्टर नेपाल बर्दियाका अध्यक्ष मेनका चौधरीको अध्यतामा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकार महासंघका प्रदेश सभासद् एंव प्रेस क्लबका केन्द्रिय अध्यक्ष यम घिमिरे, महासंघका उपाध्यक्ष यादव आचार्य ,प्रेस सेण्टरका प्रदेश नम्बर ५का संयोजक शीतल थापा लगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस