चौराह क्षेत्र व्यवस्थापनमा नगरपालिकाले चासो देखायो

अव्यवस्थित चौराहा क्षेत्रलाई व्यवस्थापनका लागि भएको सर्वदलिय निर्णय कार्यान्वयनका लागि कोहलपुर नगरपालिकाले चासो देखाएको छ । चौराहा क्षेत्र र नगरका अन्य सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका व्यवसायिक टहरा तथा झुपरपट्टि हटाउन यही भाद्र १७ गते प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा भएको सर्वपक्षिय  निर्णय कार्यान्वयन गर्न नगरपालिकाले अग्रशरता देखाएको हो ।

यस अघि भाद्र १७ गते भएको निर्णयलाई कार्यान्वयन गर्न कोहलपुर नगरपालिका, इलाका प्रशासन कार्यालय, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल त्रिपुरा गण सहमत भएका छन् । विहिवार भाद्र १७ को निर्णय कार्यान्वयन तथा अव्यस्थित रुपमा सडक तथा सार्वजनिक जमिन अतिक्रमण गरेर निर्माण गरेका निर्माण गरेका व्यवसायिक तथा आवसिय टहरा, झुपरपट्टी खाली गर्न सार्वजनिक सूचना जारी गर्ने र सूचनालाई अटेर गरेमा सर्वपक्षिय सहमति अनुसार बल प्रयोग गरी जमिन खाली गराउने निर्णयमा नगरपालिका पुगेको छ । भाद्र १७ को निर्णय कार्यान्वयनको समिक्षा सहितको वैठकले विहिवार क्रियाशील सडक डिभिजन कार्यालय, विद्युत वितरण केन्द्र, सुरक्षा निकाय लगाएतका सम्बन्धित सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्दै यसको पूर्ण कार्यान्वयनका लागि सूचना प्रवाह गर्ने र यथासिघ्र चाडो सर्वपक्षिय वैठक आयोजना गर्ने निर्णय विहिवारको समिक्षा वैठकले गरेको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले जानकारी दिए ।

समिक्षा वैठकमा नगरपालिका उप–प्रमुख सञ्जु कुमारी थारु, नगरपालिका कार्यकारी प्रमुख माधव प्रसाद शर्मा, नगर विकास समिति कोहलपुरका अध्यक्ष अवराज खड्का, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिवाकर घिमिरे, इलाका प्रहरी कार्यालय कोहलपुरका  प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराई, सशस्त्र प्रहरी बल त्रिपुरा गणका सहायक प्रहरी निरीक्षक बाबुराम पौडेल, कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारी लगाएत पत्रकार, सञ्चारकर्मीहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस