कोहलपुरका तरुण युवाहरुको सहयोग हुम्लाका यात्रुलाई

आकांक्षा सोनी कोहलपुर/ नेपालमा लकडाउन लागू गरिएको २ महिना नाघिसकेको छ । लकडाउनका कारण कामको शिलसिलामा र अध्ययनको शिलसिलमा देश बाहिर जानेहरु पनी थप मर्कामा परेका छन् ।
कोरोना भाइरस कोविड १९ का कारण देश लकडाउन हुँदा हजारौँ यात्रुहरुले सास्ती खेपिरहेका छन् । हजारौँ युवाहरु आफ्नो जन्मभुमी फर्किहरेका छन् । शनिवार राजधानी काठमाडौबाट हुम्ला फर्कदै गरेका यात्रुहरुलाई कोहलपुरमा पानी र खाजा उपलव्ध गराइएको छ । नेपाल तरुण दल नगर उपाध्यक्ष गोपाल जिएम र नेपाली कांग्रेश कोहलपुर नगर प्रवक्ता यज्ञ महराको व्यक्तिगत सहयोगमा ८० जना यात्रुलाई पानी र खाजा सहयोग गरिका छन् । मानविय सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने मान्यताका साथ अप्ठयारोमा परेका नेपाली दाजुभाईहरुलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएकाले र लकडाउनको समय अविधी भित्र थुप्रै सहयोगी कार्यहरु गर्दै आइरहेको प्रवक्ता महरा बताउछन् । ८० जना यात्रुलाई वितरण गर्ने खाजा र पानी बुझ्दै नेपाली कांग्रेश हुम्लाका जिल्ला सभापती जयपति रोकायले बाँके कोहलपुरका तरुण,युवाहरुले विश्व महामारी कोरोना भाइरसको संकट अवस्थामा महत्वपूर्ण योगदान गरेकोमा थप धन्यवाद समेत व्यक्त गरे । उता तरुणका नगर उपाध्यक्ष जिएमले अति विपन्न तथा असाय परिवारहरुका लागि खाद्य सामग्रीहरु वितरण गर्दै आइरहेको र यसलाई निरन्तर सहयोग गर्ने कार्यक्रमहरु भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस