बिश्वमहामारी कोरोना र लामो बन्दाबन्दीको कारण क्षतबिक्षत भएको युवा मन

युवा समाजलाई गततशील गराई समृद्दी र बिकास तर्फ उन्मुख गराउने पहरेदार हो । नयाँ सोच र बिचार लाई बिजारोपण गरी अर्थर्फक,सामाजिक,राजनीतिक एवं सााँस्कृतिक आमूल परिवर्तन तर्फ सभ्य र समता मुलक एवं सुशासन युक्त राज्यको तागत र साधन युवा हो । कुसंस्कार,अराजकता,राज्यको दोहन,भ्रष्टाचार,जनता प्रती राज्य संचालकको विभेद थिचोमिचो विरुद्ध युवाहरु पटक–पटक आवाज बुुलन्द गने, आन्दोलन गने, शसक्क्त रुपमा सक्रिय भई जनचेतना जागृत गरेर जनादेश प्राप्त शासनको प्रत्याभूती गराउने महत्वपूर्ण भुमिका युवाले खेल्दै आएको छ ।
बि.स.१९८८ को प्रचण्ड गोखाफ संस्थाको स्थापना गने अभियान, बि.स. १९९३ जेठ २० गते राजनीती दलको अभ्यास अनुरुप स्थापित प्रजा परिषद, वीर गोर्खालीहरुले अङ्ग्रेज साम्राज्य र बिस्तारवाद विरुद्ध युवाहरुले आफ्नो मातृभुमी बचाउन स्वार्धनता र साभौमसत्ताको अस्तित्व कायम गराउन गरेका युद्ध वाट युवाहरुलाई राज्यको एउटा शक्तिशालीको रुपमा हेरिन्छ । जहाँ राणा शासन, प्रजातन्त्रको स्थापना, पन्चायत विरुद्धको आन्दोलन वि.स.२०४६को प्रजातन्त्रको पुर्नवाहली २०६२ र ०६३ को जनआन्दोलन, राजतन्त्रको अन्त्य गणतन्त्रको स्थापना गने ती महान युवाहरुको योगदानले साथले हाल हामी संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक गणतान्रात्मक शासन प्रणालीमा छौ । तर यी जुनसुकै शासन प्रणालीमा भएता पनि युवाहरु अझैँ पिडितमा छन् । युवाहरुको नेतृत्वमा नत शासन सत्ता छ नत युवाहरुको मागलाई समय सापेक्षक राज्यले समेट्न सकेको छ । तर राज्य केवल लाखौं युवाहरु विदेशी भुमीमा पठाउने र त्यहाँबाट आएको रेमिट्रान्सबाट मुलुक संचालनमा आएको छ । विदेशमा गएका नेपालीहरुको रगत र पसिनाबाट मुलुकको आर्थिक भार चलेको छ । राज्यले विदेशीने युवाहरुलाई स्वदेशमै उत्पादनमा जोडन अझैँ सकेको छैन् । युवा लगानी अभियान केवल कोरा कागजमा मात्र सिमित छ । अनि कहाँबाट हुन्छ , समृद्ध नेपाल र सुखी नेपाली ? अब सोच्ने बेला आएको छ । नेपाली युवावर्गहरुलाई आफ्नै माटोमा कार्मगर्ने वातावरण सिर्जना गर्ने ।

कोरोना भाइरसको कारण धेरै मार भने युवा पुस्ताले ब्यहोनु परेको छ । विदेशमा रोजगारमा गएका लाखौं युवाहरुको मन उथलपुथल भएको छ । जेठ ७ गते सम्म ९६ जना नेपाली युवा, युवती विदेशी मुलुकमा यो रोग बाट मृत्यु वरण गर्न पुगेका छन भने ७ हजार भन्दा बढी विश्वका विभिन्न देशहरूमा कोरोना भाइरसबाट संक्रमित भएका समचारहरु सुनिएका छन् । कतिपय युवाहरु विदेशीमुलुकमा भोकै मर्न बाध्य ती युवाहरु छन् । ऋण लिएर जग्गा जमिन धितो राखेर सुनौलो सपना बोकेर रोजगारमा जानेहरुको संख्या र उनीहरुको भोगेको पिडा निकै कारुणिक छ । विदेशी मुलुकमा रोजगारका लागि गएका युवाहरुको मानसपटलमा अर्को भबिष्य के हुने हो भन्ने चिन्ता छ । कतै यही चिन्ताले चितामा नपु¥याउला भन्न कहाँ सकिन्छ र ? साहुको ऋण कसरी तिर्ने स्वदेशमा कसरी बस्ने चिन्ताले दिनहुँ मन पिरोलिरहेको छ ।
एकातर्फ रोजगारमा गएका ती युवाहरुका परिवारहरुलाई पनी दैनिक जसो पिरालो भएकै छ । बाँचेर आउने हो वा मरेर जाने हो । प्रवासी एवं कामदारहरुलाई फिर्ता ल्याउने उद्घोष सम्म नेपाल सरकारले गरेको छ । तर कार्यान्वयको भने कहिले हुने हो थाहा छैन । यो भयावह अवस्थालाई हाम्रो मुलुकले नत ब्यवस्थापन गर्न सकेको छ नत यी विदेशी मुलुकमा रहेका नागरिकलाई सहयोग र सहजीकरणको वातावरण अनुकुलन गराउन सकेको छ । युवाहरुको मन क्षतविक्षत भएको छ ।स्वदेश मै रहेका युवाहरुको मानसपटल पनि क्षतविक्षत भएको छ । एकातर्फ सरकारी नोकरीतर्फ आकर्षण हुने युवाहरुको मनहरु अकाशको कालो बादलको धुवाँ भैँ टारिरएको छ । लोकसेवा आयोग खुल्ने वा नखुल्ने भनेर अन्योल छ भने अर्का तर्फ अन्य आयोग पनी तत्काल सम्भावना देखिदैन । निकट भविष्यमै के हुने हो भन्ने चिन्ताले आम युवाहरुलाई सताइरहेको छ । यकातर्फ सरकार विभिन्न काण्डमा मुछिएको छ । महामारीको समयमा आवश्यक औंषधीजन्य खरिदमा घोटाला गरेका सयौँ काण्डमा रुमलिरहेको पाइयो । यो महामारीको समयमा राज्यले गर्नुपर्ने र निभाउनु पने अभिभावको भुमिका उत्कृष्ट देखिएनन् । सरकार कहाँ छ के गदैछ गदै छ अन्योलमा हामी युवा छौँ ।
गरिब, बिपन्न, असहाय एवं चुल्हो नबल्ने लाई चुलो बाल्ने युवाहरुले यो महामारीको समयमा चपेटामा परेका नागरिकलाई राहत वितरण गर्दा समेत राज्यले त्यी युवाहरुलाई काठमाडौ लगायत अन्य ठाउँमा समेत धक्कड पक्कड गर्नु, थुनामा राख्नु अमानवीय व्यवहार गर्नु युवाहरुको लागी दुखको कुरा हो । राहत वितरण जो हुनेखानेले हँुदा खानेलाई वितरण गर्नु मानविय कार्य हो । यस्ता कार्यलाई जो कोहीले पनी साथ र सहयोग एवं समर्थन गनुर्प पर्दछ । सहयोगी मन एवं दाताहरुले दिएको सहयोगको वारेमा सहयोगको प्रमाण, लाभदाहीको संख्या एवं नाम सहित वितरण गरिएको अभिलेख चुस्त–दुरुस्त तरिकाबाट स्थानीय सरकारलाई जानकारी गराउनु अभियान्ताको जिम्मेवारी र दायित्व हो । स्थानीय सरकारसँगको समन्वय र सहकार्य अनुरुप राहत वितरण गर्दा निष्पक्ष हुन्छ । यद्द्पी यी कार्यहरु गर्दा गदै पनी राजनीतिक पुर्वाग्राही सोच्नु, राजनीतिक एजेन्डा र स्वार्थ अनुरुप राज्य संचालक युवाहरुलाई दोहन गर्नु अन्याय एवं अत्याचार गर्नु कहीकतै पतन क्षम्य हुदैन । राज्यले आफ्ना युवाहरूलाई स्वदेशमै उत्पादनशिल कार्यमा लगाउनु पर्दछ । आफ्नो स्वार्थ र लोभमा युवाहरूलाई वैदेशिक रोजगारमा पठाउने कार्य गरेमा समृद्ध नेपाल सुखी, नेपाली अभियानले साथकर्ता पाउदैन् ।  अर्को जेठमा युवाहरूलाई स्वचालित गराउन अल्पकालीन, मध्यकालीन ,एवं दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न सके युवाहरुको मनमा मलमपट्टीको आभास हुने छ । दिगो विकासको लक्ष्य पूरा गर्न दिर्घकालीन सोच सहितको योजना कार्यान्वयन गर्नु , समतामुलक समाज निर्माणमा युवाहरुलाई सही बाटोमा हिडाउन सरकारले विशेष कार्ययोजना सहित अगाडी बढ्नुपर्ने देखिएको छ । युवाहरुनै देशको शक्ती हुन उनीहरुको पसिना आफ्नै देशमा पोख्ने बातावरण सिर्जना गर्न स्थानिय निकायले पनी विशेष पहल तथा कार्यक्रमहरु तयार गर्न जरुरी छ ।

(लेखक बाँके कोहलपुर नगरपालिका वडा नं.१४ हवल्दारपुर निबासी हुन । )

प्रतिक्रिया दिनुहोस