सामाजिक दुरी कायम गरी विकास निर्माण सुचारु गर्न उपप्रमुख चौधरीको अनुरोध

कोरोना भाइरस (कोविड १९) का कारण लामो समय बन्दाबन्दी भएपछी कोहलपुर नगरपालिकाबाट संचालन हुने विकास निर्माणका कामहरु रोकिएका थिए । बन्दाबन्दीको समय लम्विदै गर्दा अषाढ मसान्त सम्म सम्पन्न हुने अधिकाश योजनाका कामहरु शुरु भएका छन् । कोरोना महामारीका कारण लामो समयको लकडाउनमै कोहलपुर नगरपालिका भित्रका साना तथा ठुला योजनाहरु सुरु भएको कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले बताइन् ।  उपप्रमुख चौधरीका अनुसार सबै वडामा नगरका गौरबका योजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, वडागत साना योजना, प्रदेश स्तरीय सशर्तका योजना,विशेष अनुदान र स्थानीय पुर्बाधार बिकास कार्यक्रमका योजनाहरु सुरु भएका हुन् । कोहलपुर नगरपालिका विभिन्न वडाहरुमा सामाजिक दुरी कायम गरेर विकास निर्माणका योजनाहरु संचालन गर्न उपप्रमुख चौधरीले सबै वडालाई अनुरोध गरेकी छिन् । सुरु भएका विकास निर्माणका योजनाहरुको अनुगमन गर्दै उप–प्रमुख चौधरीले लामो समय बन्दाबन्दीको कारण ज्यादारीमा काम गर्ने मजदुरहरु थप मर्कामा परेकाले सामाजिक दुरी कायम गरी योजनाहरु संचालन र कोरोना भाइरसबाट बच्नका लागि मास्क लगाएर काम गर्न सल्लाह दिएकी छिन् ।  हाल कोहलपुर नगरपालिकाबाट सुचारु भएका योजनाहरु अनुगमन तिव्र रुपमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस