१० महिनादेखिको प्रयासबाट चिलाउने वस्तु तथा विस्कुटको लेदो छर्कि चोरी गर्ने गिरोह पक्राउ

नेपालगञ्ज भाद्र ३० । जिल्ला प्रहरी कार्यालय बाँकेले चिलाउने बस्तु छर्किय चोरी र लुट्ने गर्ने गिरोहलाई नेपालगञ्जमा पक्राउ गरेको छ । गतबर्षको कात्तिक महिनामा जिल्ला बाँके नेपालगंज उप(महानगरपालिका वडा नं। १ स्थित रहेको मेघा वैंकमा रु ६,००,०००। जम्मा गर्न गएका जिल्ला बाँके नेपालगंज १ धम्बोझी बस्ने निर्णय जंग शाहको शरिरमा सुर्खेत रोड स्थित सिटिजन वैंक नजिक चिलाउने धुलो फाली निज निर्णय जंग शाह शरिर धुन नजिकै रहेको धारामा नुहाउन गएको अवस्थामा निजको साथमा रहेको नगद रु ६,००,०००। रकम चोरी भएको घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा बिहिबार जिल्ला बाँके नेपालगंज उप–महानगरपालिका वडा नं।१२ सुर्खेत रोड स्थित सानिमा वैंक अगाडी शंकास्पद क्रियाकलाप गरिरहेका भारत गोरखपुर गोरखनाथ वस्ने दुई जना वर्ष २८ को जोनी दास र वर्ष २७ को मोनी दास लाई भारतिय रु ५,७०० नेपाली रु १०९५, चोरी गर्ने प्रयोग हुने फलामको औजार ९छिना० २, गुड्डे विस्कुट १ प्याकेट सहित पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी बाँकेले जानाएको छ ।

 

प्रतिक्रिया दिनुहोस