डडेल्धुरामा केन्द्रिय सदस्य केसिद्रारा नास्ता सहयोग

नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले डडेल्धुरा गन्यापधुरा गाउँपाली वडा नम्बर १ सरस्वती माविको क्वारेन्टाइनमा रहेका ७० जनालाई बिहानको नास्ता उपलब्ध गरेका छन् । नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको वडाको क्वारेन्टाइनमा रहेका ७० जनालाई चना र अण्डा वितरण गरिएको केसिले जानकारी दिएका छन् । साथै उनले कोरोनाको महामारीको बेला सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँदै आफ्नो नास्ता उपलब्ध गराउने अभियान हारी रहेको बताएका छ । कार्यक्रममा वडा अध्यक्ष चेतराम भट्ट, नेपाली काँग्रेस डडेल्धुराका जिल्ला सदस्य, नेपाली काँग्रेस बाँकेकास सदस्य चिन्तामणी धिताल लगायतको कार्यक्रममा सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस