पत्रकार केसिद्रारा डडेलधुराका पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले डडेल्धुराका प्रेस यूनियानका पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोरोना भाईरसको पत्रकार उच्च जोखिम रहेको अबस्थामा केसिले स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन । केसिले सेनिटाईजर ५०, मास्क ५०, प्रेस जाकेट ३० पिस र १ हजार पिस ग्लोप्स डडेल्धुरा प्रेस यूनियानमा आवद्ध पत्रकार हस्तान्तरण गरेका छन् । कार्यक्रम बोल्दै नेपाली काँग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण बहादुर मल्लले कोरोनाको महामारीमा पत्रकार फ्रन्ट लाईनमा रहेर काम गरिरहेको अबस्थामा पत्रकार सुरक्षीत हुन आवश्यक रहेको बताए । साथै उनले
अहिले मानवतावादलाई आत्मसात गर्दै सबै लग्नु पर्ने बताउँदै कोरोनाको भयाभह स्थितिमा पत्रकारको बारेमा चासो दिएर बाँकेबाट आएकोमा धन्यवाद दिएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले पत्रकारको सुरक्षामा राज्यले कुनै पनि काम नगरेको भन्दै आफुले सानो सहयोग गरिरहेको बताएका छन् । साथै उनले श्रमजीवी पत्रकारको राज्यले बिमा गर्नुपर्ने माग गर्दै कोरोनाबाट सबैले सचेत हुन आवश्यक रहेको बताए । कार्यक्रम बोल्दै नेपाली काँग्रेस बाँकेका सदस्य चिन्तामणी धितालले स्वास्थ्यकार्मी, सुरक्षाकर्मी र पत्रकार अहिले जोखिम रहेकोले जोखिमलाई केहि कम गर्नको लागी सानो सहयोग गरिएको बताएका छन् । साथै उनले राज्यले पत्रकारलाई रहेक कुरामा सुरक्षा दिन नसकिरहेको बताउँदै राज्यले पत्रकारको उचित व्यवस्था गर्न माग गरेका छन् । कार्यक्रम बोल्दै नेपाल प्रेस यूनियान डडेल्धुराका सभापति धनु भण्डारीले बाँकेदेखी आएर स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
साथै कोरोनाको विश्व महामारी चलिरहेको वर्तमान परिस्थितिमा नेपाली काँग्रेस डडेल्धुरा द्रारा संचालित एन.डि. प्रकाश चटौत आपतकालीन भोजन चुलोको लागी नेपाली काँग्रेस बाँकेका सदस्य चिन्तामणी धितालले तीन हजार र नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले एक बोरा चामल उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस