कोरोना भाइरसबाट मृत्यु भएका परिवारलाई नगरपालिकाको सहयोग

कोरोना भाइरसबाट ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग गरिएको छ । दैलेखको दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले मृतक परिवार को घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।  दुल्लु नगरपालिका ११ का ३५ वर्षिया कर्णबहादुर थापाको गत जेठ १७ गते कोरोना भाइरसका कारण मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको थियो । थापाको परिवारलाई किरिया खर्च वापत रु २५ हजार दुल्लु नगरपालिकाको तर्फ बाट दिइएको नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । साथै मृतकका छोरीलाई निशुल्क प्राविधिक शिक्षा अध्ययन गराइने नगरप्रमुख भण्डारीले बताए । उनकी छोरी हाल कक्षा १० मा अधययनरत छन् । कर्णाली प्रदेशको दैलेखमा कोरोना भाइरसबाट मृत्यु हुने थापा पहिलो व्यक्ति हुन ।

प्रतिक्रिया दिनुहोस