क्रियाशिल पत्रकार आचार्य नेता शिहको अगुवाईमा रक्तदान

बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम शुरु भएको छ । कोहलपुरका क्रियाशिल पत्रकार निर्मल आर्चायले बैबाहिक वर्ष गाँठको अवसर पारी र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल बाँके अध्यक्ष एवं तरुण नेता बिरेन्द्र शिहले रक्तदान कार्यक्रम आयोजना गरेका हुन । कोरोना भाइरसका कारण रगत अभाव देखिएपछी र आफ्नो विशेष दिन भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको क्रियाशिल पत्रकार आचार्यले बताए ।
रक्त सञ्चार कोहलपुर ईकाई प्रमुख राजेन्द्र कुमार महतराले रगत अभावको जानकारी गराएपछि रगत अभाव परिपुर्तिको प्रयास स्वरूप रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  आफ्नो विशेष दिनमा रक्तदानको कार्यक्रम व्यक्तिगत तवरबाट सायद पहिलो कार्यक्रम भएको कोहलपुर इकाई प्रमुख महतराको भनाई रहेको छ । सोमबार दिउसो सम्म २० पिन्ट रगत संकलन भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रक्तदान कार्यक्रम अहिले संचालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस