वडा अध्यक्ष  भन्छन् खाना घरबाट आफैँ ल्याऊ म सक्दिन

कामको शिलसिलामा भारतको गडुवाल पुगेकी पवित्रा परिवार अहिले कोहलपुर स्थित कृष्ण माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकी छिन् ।  उनसंगै भारतबाट आएका ५३ जना कोहलपुर नगरपालिका वडा नं. १को कृष्ण माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका छन् । कामको शिलसिलामा आफ्नो जन्मभुमी छोडेर भारत गएका अधिकाश युवाहरु अहिले आफ्नो जन्मभुमीमा फर्केका छन् । कृष्ण माध्यामिक विद्यालयमा निर्माण भएको क्वारेन्टाइनमा बसेका अधिकाश मानिसहरु अहिले घरबाट खाना बोकेर खुवाउन बाध्य छन् । ४९ जना पुरुष र ४ जना महिला रहेको कृष्ण माध्यामिक विद्यालयमा कौशिला नगरको उक्त क्वारेन्टाइनमा बिहान र साँझको खाना पु¥याउन आउनेको उतिकै भिड देख्न सकिन्छ । वडा कार्यालयले खाना आफै व्यवस्थापन आफै गर्ने भनेपछी सो क्वारेन्टाइनमा बसेका अधिकाश मानिसहरु थप मर्कामा परेका छन् ।
भारतको गुजरादबाट आएका ३८ वर्षिक चित्र बहादुर रोकायका अनुसार निर्माण भएको क्वारेन्टाइनमा खानाको व्यवस्थापन हुन नसक्दा र आफ्ना परिवारले घरबाट खाना बोक्दा परिवारहरु समेत कोरोना भाइरसबाट असुरक्षित रहेको बताए । कोहलपुर नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुका लागि खानाको आफै व्यवस्थापन गर्ने निर्णय भएको र आफुले खाना व्यवस्थापन गर्न नसक्ने वडा नं. १ का वडा अध्यक्ष गोपि खनाल बताउछन् । वडा अध्यक्ष खनालका अनुसार अरु वडाअध्यक्षहरु भिडबाट हाम फालेपनी आफु भिडबाट हाम नफाल्ने बताए । तर कोहलपुर नगरपालिकाका अन्य वडाहरुमा क्वारेन्टाइनमा बस्नेहरुका लागि खाना खाजा खेलकुदका सामग्रीहरु समेत राम्रो व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस