कोरोनाको महायुद्ध जितेर घर फर्केका वडा अध्यक्ष बस्नेत भन्छन्

कोरोना भाइरसको महायुद्ध जितेर बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेत मंगलबार घर फर्केका छन् । वडा अध्यक्ष बस्नेतसंगै अन्य ६ जना पनि कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर फर्केका हुन । राप्तीसोनारी गाँउपालिका वडा नं. ८ मा रहेको शिवशक्ती माध्यामिक विद्यालयको आइसोलेसनबाट वडा अध्यक्ष बस्नेत सहित ४ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका हुन । आइसोलेसनबाट घर फर्कदैगर्दा वडा अध्यक्ष बस्नेतले भनेका छन् कोरोनाको महायुद्ध जितेर अब राप्तीसोनारीको विकास निर्माण र जनताको समस्या समधान कार्यलाई तिव्र गतिमा बढाउछु । कोरोनाको युद्ध जितेर नयाँ अभियानको शुरुवाती समेत गर्ने बताए ।आइसोलेनबाट घर फर्कदै गरेको वडा अध्यक्ष बस्नेतलाई वडाबासीहरुले विशेष सम्मान साथ भव्य स्वागत समेत गरेका छन् ।
वडाअध्यक्ष बस्नेत अरुलाई बचाउने क्रममा आफैँ कोरोना भाइरसको संक्रमण हुन पुगको थिए । शिवशक्ति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका २८ जना मध्ये ५ जनाको रिर्पोट पोजेटिभ आएको थियो । वडा अध्यक्ष बस्नेतले भनेका छन् अब कोरोना भाइरसको महायुद्ध जितेर राप्तीसोनारी गाँउपालिकाको विकास निर्माण र जनताको दुखसुखमा निरन्तर साथ दिने र कोरोना भाइरसबाट आफ्नो वडामा प्रभावित भएका योजनालाई तिव्र गतिमा काम अगाडी बढाउने बताए । कोरोना भाइरसको संक्रमण देखिएका बस्नेत बाँके जिल्लाकै पहिलो व्यक्ति थिए ।

प्रतिक्रिया दिनुहोस