क्वारेन्टाइनबाट हिँडेको टिपर कर्णालीमा खस्यो

कालिकोट, जेठ २८ । कालिकोटमा करिब ५० जना यात्रु बोकेको टिपर कर्णालीमा खसेको छ । टिपरले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै थियो । जिते बजारबाट यात्रु लिएर हिडेको टिपरले उनीहरुलाई रास्टकोट नगरपालिकाको क्वारेन्टाएनमा लाँदै थियो। कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीय व्यापारी दिलबहादुर शाहीले जानकारी दिनुभयो ।

टिपरमा करिब ५० जना यात्रु रहेको शाहीले बताउनुभयो। उहाँका अनुसार केही यात्रु हाम फालेर नदीमा खसेका थिए । उनीहरुलाई नदीबाट निकालिएको छ । करिब ३० भन्दा हराइरहेको अनुमान गरिएको छ । प्रहरी घटनास्थलतर्फ गइरहेको छ । दुर्घटनाको बिस्तृत विवरण आइसकेको छैन्। अन्नपूर्ण पोष्टबाट ।

प्रतिक्रिया दिनुहोस