एवान डेरी उद्योगको सहयोग राम माध्यामिक विद्यालयको क्वारेन्टाइनलाई

बाँकेको कोहलपुरमा संचालनमा आइरहेको एवान डेरी उद्योगले बुधबार फेरी राम माध्यामिक विद्यालयमा खाजा को रुपमा खिर र तरकारी सहयोग गरेको छ । एवान डेरी उद्योग संगै राष्ट्रिय सेवा दलबाट १ सय दिनको सैन्य अभ्यास तालिम दिएका विद्यार्थीहरुले पनी सो क्वारेन्टाइनमा सहयोगका लागि खटाइएको थिए । कोरोना भाइरस (कोविड १९)का कारण क्वारेन्टाइनमा बसेका मानिसहरुलाई खाजा व्यवस्थापन र अन्य सहयोगको अभियान निरन्तर थालिएको एवान डेरी उद्योगका संचालक सन्तोष पौडेलले बताए । पौडेलका अनुसार कोरोना भाइरसको कारण बन्दाबन्दीको समयमा आफ्नो संस्थाबाट र व्यक्तिगत तबरबाट थुपै्र सहयोग गरिसकेको र सो अभियानलाई निरन्तरता दिने बताए । एवान डेरी उद्योग आफु मात्र सहयोगको अभियानमा नभई राष्ट्रिय सेवादल कौशिला नगर ब्यारेकद्धारा सैन्य अभ्यास तालिम विद्यार्थीहरुलाई समेत सक्रिय बनाएको छ । करिब ३१ जना रहेको क्वारेन्टाइनमा खाजा व्यवस्थापन वितरण कार्यक्रममा नेपाली काग्रेसका बाँकेका उपसभापति फुलाराम चौधरी, प्रत्रकार महासंघका पूर्व महासचिव पोषण केसी , प्रेस युनियनका केन्द्रिय सदस्य जयशिह केसी,कोहलपुर १४ का वडा अध्यक्ष टेकचन हरिजन ,जनप्रतिनिधी ,नेपाली काग्रेश बाँकेका सदस्य चिन्तामणी धिताल ,समाजसेवी युवाहरुको सहभागिता रहेको थियो । सैन्य अभ्यास तालिम लिएकी टिम क्याप्टेन अमृता विष्टका अनुसार क्वारेन्टाइनमा बसेका मानिसहरुलाई सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताइन् सो कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने विष्टले उद्घोष गरिन ।

 

प्रतिक्रिया दिनुहोस