नेपाली कांग्रेसद्धारा क्वारेन्टाइन अनुगमन तिव्र

नेपाली काग्रेस कोहलपुरले क्वारेन्टाइनको अनुगमन तथा समस्यालाई समाधान गर्ने कार्यलाई अगाडी बढाएको छ । कोरोना भारस (कोविड १९)को महामारी फैलिरहेको बेला नेपाली कांग्रेस कोहलपुरले वडा नं. १ देखी १५ वटै वडाका क्वारेन्टाइनको अवस्था र व्यवस्थापकीय पक्षलाई अनुगमन गर्ने कार्य सुचारु गरेको हो ।
बिहिबार क्वारेन्टाइन अनुगमनका लागि नेपाली कांग्रेसको टिम कोहलपुर नगरपालिका वडा नं. १५ पुगेको थियो । एकसाता अगाडी देखी क्वारेन्टाइनको अवस्था र आवश्यक सामग्री व्यवस्थापनका लागि वडा कार्यालयहरुका जनप्रतिनिधीहरुलाई सुझाब सल्लाह दिने कार्य भइरहेको नेपाली काग्रेस बाँके क्षेत्र नं.१ का क्षेत्रिय सभापती माधवराम खत्रीले बताए । खत्रीका अनुसार भारतबाट आएका मानिसहरु क्वारेन्टाइमा बसिरहेका छन् र उनीहरुलाई खानपिन र बसाईको व्यवस्थापन र स्वास्थ्य जाँचको बारेमा के कस्तो अवस्था छ आफ्नो पार्टीको तर्फबाट पहलकदमी भइरहेको बताए ।

बिहिबार क्वारेन्टाइन अनुगमन कार्यमा नेपाली काग्रेस बाँकेका उपसभापती फुलाराम चौधरी, क्षेत्रिय सभापती माधवराम खत्री, नेपाली कांग्रेस महासमिती सदस्य भानुभक्त भट्राई, उपप्रमुख सञ्जु चौधरी, नेपाली काग्रेस कोहलपुर नगर सचिव भुम भण्डारी,आदिबासी जनजाती संघ बाँके सभापती राजेन्द्र कुमार श्रेष्ठ , नेपाल तरुण दल कोहलपुर नगर सभापती हरिशिह कठायत , नेपाली कांग्रेस कोहलपुर नगर प्रवक्ता यज्ञ महरा, वडा नंं.१० का वडा अध्यक्ष निरज चलाउने लगायतको सहभागिता रहेको थियो । हालसम्म नेपाली कांगेसले ८ वटा वडाहरुमा अनुगमन गरि क्वारेन्टाइनमा सुझाव सल्लाह दिने कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस