चुलो बाल्न मुस्किल भयो फोन गर्नुहोस चामलको बोरा ल्याएर आउछु : उपसभापती थारु

काग्रेसका युवा नेता एव.नेपाली काग्रेस बाँकेका उपसभापती फुलाराम थारु राजनैतिक यात्रा संगै समाजसेवी कार्यमा उत्तिएका छन् । कोरोना भाइरसका (कोविड १९)को बन्दाबन्दीमा समस्या परेका मानिसहरुलाई खाद्य सहयोग गर्ने भएका छन् । चुलो बाल्न मुस्किल भएका कोहलपुर नगरपालिका वडा नं. १ देखी १५ वटै वडाका मानिसहरुलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले अधिकाश मानिसहरुको रोजीरोटी गुमेको छ भने कतिपय मानिसहरुको चुल्लो बाल्नै मुस्किल भएको छ ।

बुधबार क्वारेन्टाइन निरिक्षण र बस्तीभेटघाट कार्यक्रममा सभापती थारुले आफ्नो व्यक्तिगत तर्फबाट पहिलो चरणमा ५ क्युन्टल चामल कोहलपुर नगरपालिका वडा नं. ८ का जनतालाई सोमबार वितरण गर्ने भएका छन् । कोरोना भाइरसको बन्दाबन्दीको समयमा उपसभापती थारुको नेतृत्वमा थुप्रै सहयोगका कार्यक्रमहरु संचालन भइसकेका छन् । उपसभापती भन्छन् कोरोना भाइरसका कारण अति विपन्न र ज्यालादारीमा काम गर्ने मजदुरहरुको अवस्था दयनिय भयो त्यसकारण हामीले आफ्नो जिम्मेवारी बहन गर्दै अगाडी बढेको बताए ।

प्रतिक्रिया दिनुहोस