पत्रकार केसिद्रारा जाजरकोटका पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले जाजरकोटका प्रेस यूनियानका पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोरोना भाईरसको पत्रकार उच्च जोखिम रहेको अबस्थामा केसिले स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन । केसिले सेनिटाईजर ५०, मास्क ५०, प्रेस जाकेट ३० पिस र १ हजार पिस ग्लोप्स जाजरकोट प्रेस यूनियानमा आवद्ध पत्रकार हस्तान्तरण गरेका छन् । कार्यक्रम बोल्दै नेपाली काँग्रेस जाजरकोटका नेता बेदराज सिंहले कोरोनाको महामारीमा पत्रकार फ्रन्ट लाईनमा रहेर काम गरिरहेको अबस्थामा पत्रकार सुरक्षीत हुन आवश्यक रहेको बताए । साथै उनले अहिले मानवतावादलाई आत्मसात गर्दै सबै लग्नु पर्ने बताउँदै कोरोनाको भयाभह स्थितिमा पत्रकारको बारेमा चासो दिएर बाँकेबाट आएकोमा धन्यवाद दिएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले पत्रकारको सुरक्षामा राज्यले कुनै पनि काम नगरेको भन्दै आफुले सानो सहयोग गरिरहेको बताएका छन् । साथै उनले श्रमजीवी पत्रकारको राज्यले बिमा गर्नुपर्ने माग गर्दै कोरोनाबाट सबैले सचेत हुन आवश्यक रहेको बताए । कार्यक्रम बोल्दै नेपाली काँग्रेस बाँकेका सदस्य चिन्तामणी धितालले स्वास्थ्यकार्मी, सुरक्षाकर्मी र पत्रकार अहिले जोखिम रहेकोले जोखिमलाई केहि कम गर्नको लागी सानो सहयोग गरिएको बताएका छन् । साथै उनले राज्यले पत्रकारलाई रहेक कुरामा सुरक्षा दिन नसकिरहेको बताउँदै राज्यले पत्रकारको उचित व्यवस्था गर्न माग गरेका छन् । कार्यक्रम बोल्दै नेपाल प्रेस यूनियान जाजरकोटका सभापति बालकुमार शर्माले बाँकेदेखी आएर स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह र नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भिम बहादुर सिंहले सरकार र जनता बिचको पूलको काम पत्रकार गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस