केन्द्रिय सदस्य केसिद्रारा क्वारेन्टाइनमा रहेकालाई मासु भात

नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिङ केसिले जाजरकोटको क्वारेन्टाइनमा रहेकालाई मासु भात उपलब्ध गराएका छन् । जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ स्थित त्रिभुवन माविको क्वारेन्टाइनमा रहेका ८५ जनालाई साँझको खानाको रुपमा मासु भात उपलब्ध गराएका छन । केन्द्रिय सदस्य केसिले कोरोना भाईरसका विरुद्ध लड्न आत्मविश्वास आवश्यक रहेको भन्दै धैर्य गर्न आग्रह गरेका छन् । साथै उनले क्वारेन्टाइनमा रहेका संगै नाचगान गरि रमाईलो पनि गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँकेका सदस्य चिन्तामणी धितालले क्वारेन्टाइनमा बसि परिवारलाई कोरोना लाग्नबाट बचाएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस