बाँकेकाे डुडुवा का कोरोना संक्रमित १७ जना घर फर्किए, आज थप दुई जनामा संक्रमण

डुडुवा (बाँके), ३२ जेठ । बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका दुई वटा आइसोलेशन केन्द्रबाट १७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन । डुडुवा गाउँपालिका वार्ड नं. १ सन्तलियास्थित आइसोलेशनबाट १० जना र वार्ड नं. ४ को शाहपुर्वा आइसोलेशनमा रहेका ७ जनाको रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड बमोजिम घर पठाइएको हो ।
उनीहरु सबैलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले विदाई गर्नुभयो । डुडुवा गाउँपालिकामा पुराना कुल २५ जना कोरोना संक्रमित सबै घर फर्किसकेका छन ।
यसैगरि डुडुवामा आज आइतबार थप दुई जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । डुडुवा गाउँपालिका वार्ड नंं १ का १९ वर्षिय पुरुष र वार्ड नं. ३ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालको रिपोर्टमा उल्लेख छ । संक्रमित दुबै जनालाई पालिकाको ४ नं. स्थित आधारभुत विद्यालय शाहपुर्वको आइसोलेशन वार्डमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस