सिचाई मन्त्री गौतमद्धारा भेरी–बबई डाईभर्सनको अवलोकन निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई आर्थिक अभाव हुन नदिने सिचाई मन्त्री सञ्जय गौतमले प्रतिवद्वता जनाउनुभएको छ । निर्माणाधिन भेरी–बबई डाइभर्सनको निरीक्षण गर्दै मन्त्री गौतमले आयोजनालाई आर्थिक अभाव हुन नदिने भन्दै निर्माण कार्य तिव्र गतीमा अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

सरकारले आर्थिक अभावमा आयोजनाको काम रोकिन नदिने भन्दै निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्नको लागि सरकार लागिपरेको मन्त्री गौतमले जानकारी दिनुभएको हो । हालै आयोजनाले १२ किलोमिटर सुरुङ्ग खन्नको लागि अत्याधुनिक टनेल बोरिङ मेशिन (टीबीएम) सुरुङ्ग निर्माणस्थल पु¥याइएको छ । टनेल बोरिङ मेशिन जडान गर्न २ महिना लाग्ने आयोजनाले जनाएको छ । टीबीएमले १२ किलोमिटर सुरुङ २ बर्षभित्र खनिसक्ने लक्ष्य लिइएको छ ।

दोस्रो चरणमा हुने काम पावर हाउस निर्माणको लागि समेत विभिन्न सरोकारवाला निकायसग छलफल चलिरहेको मन्त्री गौतमले जानकारी दिनुभयो । सुरुङ खनिसक्ने बित्तिकै पावर हाउस निर्माणको काम अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस