अबको बजेट खाद्य अधिकार विषयमा  जोड दिन्छौँ : उपपमुख चौधरी

कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु कुमारी चौधरीले नगरपालिकाले अव ल्याइने बजेटमा जोखिममा रहेका समुदायलाई लक्षित गरेर खाद्य अधिकारका लागि नीतिगत योजना ल्याउने तयारीमा रहेको बताएकी छन् । मार्गरेखा अनलाईन संगको कुराकानीमा लक्षित वर्गको पहिचान गरि खाद्य अधिकार संरक्षणका लागि नीतिगत ब्यवस्था गर्न लागेको उपप्रमुख चौधरीले बताइन् । बिदेशबाट फर्केका, बेरोजगार युवाले केहि न केही ब्यवसाय गर्न सकुन भनेर नगरपालिकाबाट रु २० हजार सहयोग गरीने उपप्रमुख थारुले जानकारी दिइन् । नगरपालिकाले खाली रहेका बाँझो जग्गामा खेती लगाउन किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने बताइन् ।
बाँकेका कुनै पनि स्थानीय तहले अहिलेसम्म खाद्य सुरक्षा तथा पोषण योजना सम्बन्धि कुनै नीति नियम बनाएको जानकारीमा आएको छैन । कहिले बाढी पहिले त कहिले भुकल्प र अहिलेको कोभिड १९ को संक्रमणले खाद्य अधिकारमा असर पारिरहेको सन्दर्भमा स्थानिय सरकारले आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम बनाउँदै गर्दा खाद्य सुरक्षा तथा पोषण योजनामा ध्यान पु¥याउन जरुरी देखिएको छ ।

यसका लागि प्रत्येक स्थानीय तहले आफ्नो भौगोलेक क्षेत्र भित्रका के कति नागरिक खाद्य अधिकारको जोखिममा छन् भन्ने कुराको यकिन गर्न जरुरी छ । यसका लागी खाद्य जोखिममा पर्न सक्ने समुदायको यकिन तथ्याङ्क संकलन गर्ने र उनीहरुको लागि ठोस योजना र कार्यक्रम ल्याउनु जरुरी भैसकेको छ । उपप्रमुख चौधरीले लकडाउन सुरु भए पश्चात पनि नगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिबाट नियमित बजार अनुगमनको कार्यलाई निरन्तरता दिइएको, कालोबजारी र उपभोक्ता ठगि गर्ने उपर बिषयगत सरकारी कार्यालयसंगको सहकार्यमा जरिवाना गरिएको, बजारमा अत्यावश्यकिय बस्तुको अभाव हुन नदिन र सहज आपूर्तिका लागि सरोकारवालासंग छलफल गरि पहल गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस