कोरोना नियन्त्रणको नाममा अहिलेको सरकारले गरेको गतिविधिको विरुद्धमा बर्दियाका युवाहरुले स्वतस्फुर्त रुपमा विरोध प्रदर्शन

दुर्गा आचार्य
बर्दिया, असार १ गते । कोरोना नियन्त्रणको नाममा अहिलेको सरकारले गरेको गतिविधिको विरुद्धमा बर्दियाका युवाहरुले स्वतस्फुर्त रुपमा विरोध प्रदर्शन गरेका छन् । सरकारले डब्लुएचआले समेत मान्यता नदिएको आर.डि.टी. परिक्षण गरेकोमा युवाहरुले खेद प्रकट गरेका छन । उनीहरुले पिसिआर परिक्षणको दायरा बढाई सरकारले कोरोना परिक्षणको दायरा बढाउनु पर्नै माग राखेर प्रदर्शन गरेका छन् । युवाहरुले कोरोना नियन्त्रणको नाममा सरकारले १० अर्बको हिसाब किताब चुस्त र दुरुस्त जनता सामु पेश गर्न माग गरेका छन् । बिरोध प्रदर्शनका क्रममा क्वारेन्टाईन स्थल आफैमा कोरोनाको केन्द्र विन्दु भएकाले यसको गुणस्तरमा सुधार गर्नुपर्ने मागराखेका छन् । सरकारले हालै सार्वजनिक गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक नक्शामा मात्र सिमित नगरी गुमेको भूमि फिर्ता ल्याउन पहलकदमी चाडै अघि बढाउनु पर्नै प्रदर्शनमा सहभागि युवा शोभाकान्त पौडेलले वताएस्वदेश तथा विदेशका अलपत्र परेका, रोजगार गुमाएका र स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई सहुलियत दरमा यथाशिघ्र उद्दार गरी उनीहरुको उचित व्यवस्थापन गर्न माग सहित नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छन् । गुलरिया नगरपालिका वडा नं. ७ स्थित बसपार्क नजिक रहेको आप बगियाबाट निस्किएको ¥यालीले गुलरिया बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाए छन् । युवाहरुले एमसिसी परियोजना खारेज गर्न सरकार सँग अनुरोध गरेका छन् । यदि सरकारले युवाहरुको मागको वेवास्ता गरेमा कडाभन्दा कडा आन्दोलनमा उत्रने आन्दोलनमा सहभागि युवा खुमानन्द चौधरीले बताएका छन् । ज्ञापन पत्र बुझाए पश्चात प्रदर्शनमा सहभागि युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडी राष्ट्रिय गान गाएका थिए ।

प्रतिक्रिया दिनुहोस