छायाँनाथ रारा नगरपालिकाका कर्मचारी आन्दोलित

छायाँनाथ रारा नगरपालिकाको सेवा बन्द रहेका छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकताले प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेयमाथि दुर्व्यावहार गर्नुका साथै कार्यालय तोडफोड गरेको विषयलाई लिएर कर्मचारीले पाँच दिनदेखि सम्पूर्ण कामकाज ठप्प पारेको हो। कर्मचारीहरुले दोषीमाथि कारवाहीको माग गर्दै चरणवद्ध आन्दोलन गर्दै आएका छन्। कर्मचारीले दोषीलाई कारवाही र क्षति भएका भौतिक संरचनाको क्षतिपूर्ती माग गदै प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलालाई ज्ञापनपत्र बुझाएका छन्। गत जेठ ३० मा नेकपा समर्थक नेता तथा कार्यकर्ताले सूचना माग गर्दै नगरपालिका आएका र प्रमुख प्रशासकीय अधिकृतले कानुन बमोजिम दस्तुर तिरेर सूचना लिन आउनु भनेपछि आक्रमक गर्नुका साथै कार्यालय तोडफोड गरेका थिए। चन्द्र्रप्रकाश मल्लको नेतृत्वमा आएको १६ जनाको टोलीले नगरपालिकाको भौतिक संरचनामा तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई दुर्व्यवाहार समेत गरेको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ। घटना भएको चार दिन बितिसक्दा पनि प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले राजनैतिक दवाबका कारण मुद्दा दर्ता गर्न मानेका छैनन् भने दोषीलाई प्रक्राउ गर्न पनि प्रहरी प्रशासनले उत्सुकता नदेखाएको पीडितको गुनासो छ। स्थानीय तह कर्मचारी संघका जिल्ला संयोजक उपरबहादुर मल्लका अनुसार सामान्य झंै झगडाको सवालमा मुद्दा दर्ता गराउने प्रहरी प्रशासन कार्यालय तोडफोड हुँदा र कार्यालय प्रमुखलाई कुटपिट गर्ने प्रयास हुदाँसम्म पनि राजनैतिक दवाबका कारण जाहेरी दर्ता नगरेको बताउँछन्। यसै बीच प्रमुख जिल्ला अधिकारी निरौलाले मुद्दा दर्ता गर्ने समय सात दिनसम्म हुने र जाहेरी प्रत्रृmयामा रहेको र थप अनुसन्धान भैरहेको बताए। नगरपालिकाले घटना भएको दिनको सिसि क्यामारामा कैद भएका फुटेज र प्रमुख प्रशासकीय अधिकृतको जाहेरी प्रहरी प्रशासनलाई बुझाइसकेको बताएको छ।

प्रतिक्रिया दिनुहोस