प्रतिपक्षमा  भुमिका खेलेको कांग्रेस

नेपालको सबैभन्दा ठूलो पार्टी नेपाली काग्रेस यखिखेर आफ्नो प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको छ । लामो समयदेखी सरकारमा रहेर विभिन्न कठिनाईका बाबजुत देशको समृद्धीको बाटोमा अगाडी हिडिरहेको नेपाली काग्रेस सदैव जनताको दुख सुखको सहयात्री बन्यो । मुलुकको भविष्य र देश र जनता प्रतिको उत्तरदायित्व निर्वाह गर्दै यहाँ सम्म आइपुगेको इतिहास सबैलाई सर्वविकितै छ ।
हाँसीहासी चुनावको पराजय व्यहोर्नु परेतापनी जनताको पक्षमा सधै अडान लिइरहयो । काग्रेसलाई थाहा थियो स्थानिय निकाय , प्रदेश र संघको चुनावमा आफु पराजय भइन्छ । दुई पाटी नेकपा एमाले र नेकपा माओवादी एक भएर चुनावी मैदानमा हुमिदा पनी काग्रेसले ल्याएको मत भने सानो थिएन् । सिङ्गग सिङ्गल भएर चुनावी मैदानमा ओमिएको भए परिमाण के हुन्थ्यो होला ? त्यतिमात्र हैन पार्टी पंक्तीमा हुने साना तिना गल्तीलाई छिचोल्दै जनताका वास्तविक समस्यालाई कांग्रेसले जनसमस्या उजागर गर्न थालेको देखिएको चौतारीमा चिया खाँदै गरेका वृद्धहरुको भनाइ पनी छ ।
देशमा भइरहेका विभिन्न कालखण्डहरुमा काग्रेसले नेतृत्व गर्दै आयो । कहिले जित हासिल गर्दै आयो, कहिले हार व्यहोरदै आयो । राणाहरुको शासनमा होस ,१० वर्षे जनयुद्धको समयमा होस , २०६२।०६३ सालको जनआन्दोलनको समयमा होस, सविधान निर्माण गर्ने सवालमा ,एकातर्फ राजा अर्कोतफ युद्ध भएको समयमा पनी नेपाली कांगेसको नेतृत्वले खेलेको भुमिका र शान्ती र सविधानको पक्षमा रहेर आम नेपालीहरुको खुसी छाउने काम गरेको इतिहास साक्षी छ । तरपनी लामो समय सरकारको बागडोर समालेको काग्रेस कहिले सत्ता पक्ष त कहिले पतिपक्षमा आफ्नो जिम्मेवारी भुमिका निर्वाह गर्दै आ¥यो ।
पछिल्लो समयमा नेपाली भूभाग समेटेर जारी गरिएको नेपालको नक्सा निसान छापमा समावेश गर्न प्रस्तुत भएको नेपालको संविधान संशोधन विधेयकमा संस्थागतरूपमै निर्णय गरेर कांग्रेस राष्ट्रियताका पक्षमा सुदृढ र स्पष्ट अडान प्रकट गरेर जिम्मेवार विपक्षको भूमिकामा प्रकट भएको थियो । संविधान संशोधन प्रकरण सकिएपछि कांग्रेसले कोभिड—१९ को व्यवस्थापनमा सरकारले देखाएको गैरजिम्मेवारी र हेलचेक्याइँको विरोध गरेर सशस्त र जुझारु विपक्षको जिम्मेवारी पूरा गर्न अग्रसर भएको देखिएको छ ।
कोभिड—१९ को व्यवस्थापनमा सरकारले देखाएको गैरजिम्मेवार प्रवृत्ति र भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गर्न स्वदेश र विदेशबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । कांग्रेसका अनुसार महामारीको व्यवस्थापनमा सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचारका भयावह हुँदै गएको देशको अवस्थामा स्वदेश र विदेशबाट एकैसाथ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्रमा ‘‘नेपाल फर्कन चाहेका विदेशमा रहेका नागरिकका लागि उपयुक्त व्यवस्था गर्न र हवाई भाडालगायत अन्य खर्च व्यवस्था गर्न नसक्नेका लागि सरकारले उपयुक्त व्यवस्था गर्न गरोस् ।’’ भन्नेजस्ता मागहरू समावेश छन् ।

लोकतन्त्रमा विपक्षी राजनीतिक दल सशक्त, जनमुखी र जिम्मेवार नभए सत्ता निरंकुश हुन्छ भने विपक्ष सशक्त हुँदा नै जनताको हित हुन्छ । ओली सरकार गैरजिम्मेवार र भ्रष्ट हुनुमा कांग्रेसको कमजोर भूमिका पनि जिम्मेवार छ । यसैले अहिले संकटको समयमा नेपाली कांग्रेस जुर्मुराउनु आवश्यकता नै थियो । संसदमा संख्या थोरै हुँदैमा विपक्षको भूमिका कमजोर हुने हैन । कमजोर त दृष्टिकोण र अभ्यासबाट हुन्छ । यस्तै संख्याभन्दा विरोधको प्रभावकारिता नियत र शैलीमा निर्भर हुन्छ । अहिले अर्थतन्त्र टाट पल्टन लागेको र प्रधानमन्त्री ओलीमाथि उनकै पार्टीभित्रबाट प्रहार भइरहेको मौका छोप्नका लागि कांग्रेसले विरोध स्वर उरालेको हो भने त्यसबाट नैतिक शक्ति हासिल हुँदैन ।
जनस्तरबाट सरकारको विरोध सुरु भएकाले जस लिन खोजेको हो भने पनि त्यो प्रयत्न सफल नहोला । हालै राजधानीलगायतका ठाउँमा गरिएको विरोध प्रदर्शनले जनचासोका सही माग र जनविरोधको सही तरिकाको उदाहरण देखाएको छ । सडक विरोध त राजनीतिक दलमा नरहेका युवालाई नै छाडे प्रभावकारी हुने देखिन्छ । यसै पनि संसद गरिएको विरोध सरकारले नसुनेमात्र विपक्षी दल सडकमा आउने हो । जनताका पक्षमा सशक्त तर अत्यन्त जिम्मेवारीसाथ प्रस्तुत नेपाली कांग्रेस भइरहेको छ । यसैले ‘सरकारको छिनोफानो’ गर्न हैन महामारीको संकटबाट नेपाली जनता र अर्थतन्त्रलाई जोगाउन कांग्रेसको भूमिका सशक्त हुनेछ । अनि विरोधको औचित्य सिद्ध हुनेछ । सत्ताका लागि त नेपाली कांग्रेसले अर्को चुनावसम्म आफ्नो क्षमता अवश्य देखाउने । इतिहासका हरेक पाना पल्टाएर हेर्ने हो भने नेपाली जनताको पक्षमा होस , राष्ट्रको ढुकुटी बनाउने होस विकास निर्माण देखी देशको परिवर्तनको शिलसिलामा काग्रेसले खेलेको भुमिका त्यतिमा सिमित हुनेछैन् । अझैपनी कागेसले थुप्रै सघर्ष गर्नपर्ने देखिएको छ । सत्तापक्षले खेलेको भुमिका र उसले गरेका हरेक निर्णयहरु, गरेका सम्पूर्ण कामहरु एक पछी अर्को जनताले अग्नी परिक्षा लिएर बसेका छन् । मुलुकको भविष्य र देश र जनताको पक्षमा आफ्नो अडान सहित अगाडी बढने नयाँ सोचका साथ काग्रेसले अबको चुनावी मैदान कस्तो बनाउला र जनताले कस्लाई पत्याउलान भन्ने परिक्षा केही वर्ष कुर्नु पर्ला । कांग्रेसको माथिल्लो निकाय देखी तलको बस्ती स्तर सम्म कोरोना महामारीको युद्धमा काग्रेस तरुण युवा, महिलाहरुले खेलेको भुमिका प्रतिपक्षमा बसेर पनी केही नमूना गरिरहेको छ ।

गोपाल जिएम तरुण दल कोहलपुर नगर उपसभापती

प्रतिक्रिया दिनुहोस