बाँकेको समग्रह शान्ती सुरक्षा कायम गर्नेका लागी बाँके प्रहरी प्रमुख रानाका १७ बुँदे प्रतिबद्धता

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एस्पी) ओमबहादुर रानाले अपराधिक क्रियाकलाप उपर कठोरताका साथ कदम चालिने बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा हालै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका उनले सो कुरा बताएका हुन ।

जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अपराध नियन्त्रणका लागि १७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाहमा जोड दिइने प्रतिबद्धता जनाए ।

खुल्ला सीमा नाकाबाट हुने सीमा अपराध, चोरी निकासी तथा पैठारी नियन्त्रण, घरेलु मदिरा, यौन व्यवसाय, जुवातास, लुटपाट र कालोबजारी नियन्त्रणमा आफ्नो पहिलो प्राथामिकतामा पर्र्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

यसैगरी संठगित अपराध तथा गुण्डागर्दी नियन्त्रण, सीमा अपराध, प्राकृतिक श्रोतको दोहन गर्ने माथि निर्मम प्रहार गरिनेलगायतका एसपी रानाका प्रतिबद्धता रहेका छन् । बाँकेमा लागु औषध दुव्र्यसनी तथा ओसारपसार चुनौतिका रुपमा रहेको भन्दै उनले त्यसको नियन्त्रणका लागि प्रहरी प्रतिबद्ध रहेको र त्यस बिरुद्ध योजना बनाएर अघि बढ्ने बताए ।

बाँके प्रहरी प्रमुख रानाले प्रहरीले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नेकुरामा दृढ रहदै नागरिकसंगको सहकार्यमा अघि बढ्ने आफ्नो अपेक्षा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस