तरुणले बुझाए कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल कोहलपुरले मंगलबार कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । कोहलपुर नगरपालिकाको आ.व.२०७७।०७८ को निति तथा कार्यक्रम र बजेटमा आफ्ना मागहरुलाई सम्बोधन गरिदिनका लागि ज्ञापन पत्र बुझाएको नेपाल तरुण दल कोहलपुर नगर कार्यसमितीका सभापती हरिसिह कठायतले बताए ।
ज्ञापन पत्रमा भनिएको छ कोरोना भाइरसका कारण विभिन्न देशबाट फकिएका दक्ष जनशक्तीलाई रोजगार हुने खालका उत्पादनमुलक कार्य योजना बनाउनु पर्ने, कोरोना भाइरसबाट प्रभावित भएका समुदायलाई पिसिआर विद्यीबाट परिक्षण गर्नुपर्ने,विपत व्यवस्थापनको पूर्वतयारी, नगरभित्र बसोबास गर्ने भुमिहिन ,सुकुम्वासीको समस्यालाई समाधान गर्न,कोहलपुर नगरपालिकाले कोराना भाइरसको महामारीको समयमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतका ९ बुद्धे माग ज्ञापन पत्रमा उल्लेख गरेका छ ।  ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा कोहलपुर नगरपालिका का नगर प्रमुख लुट बहादुर रावतले ज्ञापन पत्रमा राखिएका मागहरुलाई सम्वोधन गरिने र कोरोना भाइरसको महामारीको समयमा व्यवस्थापन पक्षमै व्यस्त रहेको बताए । कोहलपुर नगरपालिकाबाट भए गरेको खर्चको विवरण समय समयमा सार्वजनिक भएको र कोरोना भाइरस महामारीको समयमा भएको खर्च विवरण सार्वजनिक गरिने प्रमुख रावतले बताएका छन् ।  नेपाल तरुण दल कोहलपुर नगर कार्यसमिती का सभापती हरि सिंह कठायतद्धारा हस्ताक्षर  ज्ञापन पत्रमा महालेखा परीक्षणले औल्याएको बेरुजु प्रति स्थानिय सरकारका जनप्रतिनिधीहरुले असुल उपर गरिनु पर्ने जस्ता मागहरु रहेका थिए । उक्त ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय पार्षद जनक वि.क. नेपाल तरुण दल क्षेत्रिय सभापती दिप बिजय जंग राणा ,तरुण दल उपसभापती गोपाल जि.एम.कोहलपुर नगर प्रवक्ता यज्ञ महरा लगायत २ दर्जन तरुणहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस