नेपालगञ्ज २२ मा ६० जना युवाले गरे रक्तदान

रक्तदान नै जीवन दान हो भन्ने भूल उदेश्यका साथ रगत अभाव हुन नदिन बुधबार आज नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीमा ६० जना युवाहरुले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिका २२ नं. वडा कार्यालयले पुरैनीमा आयोजना गरेको रक्तदान कार्यक्रममा युवाहरुले रक्तदान गरेका हुन । रक्तदान कार्यक्रममा रक्तदान गर्ने युवाहरुलाई प्रमाण पत्र तथा सन्देश सहितको टि–सर्ट वडा कार्यालयले प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अथिती नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेका सभापति गोर्बद्धन सिंह सम्झनाले रेडक्रस अहिले कोरोना भाइरस जस्तो महामारीसँग जुधीरहेको भन्दै मानविय सेवामा समर्पित हुन सबैलाई आवहान गरे ।
पुरैनी उपशाखा सभापति फन बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. ५ का प्रदेश कोषाध्यक्ष राज कुमार बर्माले रक्तदानप्रतिको जनचेतना गा्रमीण क्षेत्रमा फैलाउन जरुरी रहेको बताए । उनले रक्तदान गर्दैमा मानिस कमजोर नहुने बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष बिद्या राम बर्माले कुनै पनि नागरिकहरु रगत अभावमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले वडा कार्यालये रक्त संचार केन्द्रसँगसँग नियमित साझेदारी गरे निःशुल्क रगतको व्यवस्था गरेको र कोरोना भाइरस महामारीको समयमा रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउँदै अध्यक्ष बर्माले रक्तदानमा सहभागि सबैलाई धन्यवाद दिएका थिए ।
रक्तसंचार केन्द्र नेपालगञ्जले प्राविधिक व्यवस्थापनमा आयोजना गरिएको कार्यक्रममा रक्तसंचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेगमी, भेरी अस्पताल नेपालगञ्जका फिजिसियन डाक्टर पारस श्रेष्ठ, पुरैनी उपशाखाका सचिव शिव कुमार बर्मा, उपसभापति मो. फारुक हल्वाई, सदस्य धनराज बर्मा, खगेश्वरी रावत, मिरा अधिकारी, पत्रकार प्रिया स्मृती ढकाल, मधु पौडेल, युवा क्लकका अनुज बर्मा लगायतको उपस्थिती रहेको थियो

प्रतिक्रिया दिनुहोस