नगरपालिकाको निति तथा कार्यक्रम तोकिएको समय भन्दा २ घण्टा ढिलो प्रस्तुत

कोहलपुर नगरपालिकाले आर्थिक बर्ष ०७७ र ०७८ को बार्षिक नीति तथा कार्यक्रममा बुधबार तोकिएको समयभन्दा ढिलो प्रस्तुत भएको थियो । वार्षिक निति तथा कार्यक्रम प्रस्तुतका लागि जनप्रतिनिधीहरुलाई झोला र आवश्यक सामग्री वितरणमै व्यस्त देखिएको कोहलपुर नगरपालिकाले बुधबार दिउसो २ः ५५ मा आफ्नो कार्यक्रमलाई निरन्तरता दि¥यो ।
स्वास्थ्य,खानेपानी, शिक्षा, सहकारी, किसान विशेष,बैदेशिक रोजगारमा गएका युवाहरुलाई रोजगार,जेष्ठ नागरिकहरुका लागि एकिकृत स्वास्थ्य शिविर  तथा खेलकुद निति, आधारभुत खानेपानी तथा स्वास्थ्य सरसफाई, शहरी योजना तथा पूर्वाधार विकास लाई प्राथमिकता राख्दै  दर्जनौँ निति  तथा कार्यक्रम कोहलपुर नगरपालिकाका नगर प्रमुख एवं. नगरसभाका अध्यक्ष लुट बहादु रावतले सार्वजनिक गरेका हुन ।
यदपी नगरसभामा प्रस्तुत भएका नीति तथा कार्यक्रमहरु अधिकाश पुरानै शलीमा लिपीवद्ध छन् भने कतिपय कार्यक्रमहरुलाई परिमार्जित गरिएको छ । विगतका वर्षहरुमा पनी नीति तथा कार्यक्रममा समेटिएका अधिकाश योजनाहरु कोरोना भाइरसका कारण सफल हुन सकेनन् भने कतिपय निर्माण गरिएका योजनाहरु दिर्घकालिन रुपमा टिकाउ नहुने समस्या रहेको छ । नीति तथा कार्यक्रमहरु र बिनियोजित गरेका बजेटहरु अहिलेपनी बस्तीस्तरका असाय, गरिबीको रेखामुनी भएका समुदायमा कमै पुग्छ । बजेटको प्रयोग टाठाबाँडाले मात्र रजाई चल्छ ।
कोहलपुर नगरपालिका नगरसभाबाट करोडौँ रकम बिनियोजित हुन्छ तर त्यसको प्रतिफल भने नगरपालिकाले सोचेजस्तो पाएको देखिदैन् । शिक्षा,स्वास्थ्य र निर्माण हुने भौतिक संरचनाहरु पहँुजका भरमा फरफार हुने नितिले हरेक वर्ष सोही ठाँउमा बजेट बिनियोजन गर्नुपर्ने समस्या देखिएको छ । आर्थिक वर्ष २०७७।०७८को नीति तथा कार्यक्रमबाट बिनियोजित बजेटको चुहावट नभए जनताले थोरै भएपनी राहत महशुस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस