बाँकेकाे डुडुवाद्धारा ३६ बुंदे महत्वपुर्ण निति तथा कार्यक्रम प्रस्तुत

डुडुवा (बाँके) १० असार । बाँके डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७७।०७८को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको आज बुधबार बसेको सातौ गाउँसभाले दुई वटा विधियेक, ३६ बुंदे निति तथा कार्यक्रम र करिब रु साढे ५६ करोड बढीको बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोभिड १९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बाताबरण, विकास निमार्ण लगायतका ३६ बुंदे महत्वपुर्ण निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाको १ नंं. देखि ६ नंं वडामा क्रमशः सडक विस्तार र स्तरोन्नती, १५ शैयाको अस्पताल निमार्ण, फोहरमैलाको व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापन, प्राकृतिक तथा धार्मिक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण, गुणस्तरिय शिक्षा, कृषि उत्पादन, पशु तथा व्यवसायिक खेती प्रबद्र्धन घरघरमा भत्ता वितरण, जेष्ठ नागरिक एकल महिला, तथा पिछडिएको वर्गका लागि विशेष कार्यक्रम, गाउँपालिकामा ग्राम उद्योगको स्थापनाको पहल, हेलीप्याड निमार्ण, एफएम सञ्चालनको सम्भाव्यता अध्ययन, घरघरमा स्वास्थ्य, घरघरमा एसइइ, घरदैलोमा पशु सेवा तथा उपचार, कन्या मुद्दती शिक्षा योजना लगायत कार्यक्रम अध्यक्ष चौधरीले प्रस्तुत गर्नुभयो ।
यसैगरि अध्यक्ष चौधरीले आर्थिक बर्ष २०७७।०७८ का लागि रु ५६ करोड ५७ लाख ५ हजार ३४४ को बजेट प्रस्तुत गर्नुभएको हो । संघिय सरकार, प्रदेश सरकार गाउँपालिकाको आन्तरिक स्रोत अन्र्तगत बजेट विनियोजन गरिएको हो ।
सभामा विधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य लिलावती यादवले डुडुवा गाउँपालिकाको विनियोजन विधियेक २०७७ र डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७७ प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत दुई वटा विधेयक र निति, कार्यक्रम र बजेट सभाबाट सर्बसम्मत रुपमा पारित गरिएको थियो । गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, भण्डारीलाल यादव, सगिर खाा, प्रशुराम बुढाथोकी र मोहनराम मिश्र, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । कोरोना संक्रमण कोभिड १९ को बेला सामाजिक दुरी कायम गरि स्वासथ्य सुरक्षा अपनाएर गाउँसभा बसेको हो ।

प्रतिक्रिया दिनुहोस