कोहलपुर तरुणदल द्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल कोहलपुरले बिहिबार कोहलपुर नगरपालिकालाई पिपिई सेट मास्क हस्तान्तरण गरेको छ । कोरोना भाइरसको महामारीको समयमा कोहलपुर तरुणदलले सामाजिक क्षेत्रमा आफ्ना प्रभावकारी कामहरु गर्ने सिलसिलामा कोहलपुर नगरपालिका र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई १५  सेट पिपिई, मास्क हस्तान्तरण गरिएको नेपाल तरुण दल कोहलपुर नगर कार्यसमितीका सभापती हरिसिह कठायतले बताए ।
पिपिई सेट र मास्क वितरण कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोरोना भाइरसको महामारीको समयमा तरुण युवाहरुले नमूना काम गरेको र स्वास्थ्य सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे । त्यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई पनी पिपिई सेट र मास्क हस्तान्तरण गरिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका उप निर्देशक डा. नितेश कनौडियाले स्वास्थ्य क्षेत्रमा तरुण युवाहरुले गरेको अमुल्य सहयोगले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताए । नेपाल तरुण दल कोहलपुर यतिखेर राजनैतिक मुद्धामा मात्र सिमित नरहेर अप्ठयारोमा परेका समुदाय बस्ती र विभिन्न क्षेत्रमा आफ्ना सहयोगका कार्यक्रमहरु गर्दै निरन्तर अगाडी बढेको छ । कोहलपुर क्षेत्रमा भइरहेका विकास निर्माण भएगरेका राम्रा कामलाई सम्मान र भए गरेका व्यथितीहरुलाई चिरफार गर्दै नेपाल तरुण दल अगाडी बढिरहेको नेपाल तरुण दल कोहलपुरका उपसभापती गौरव रावलले बताए ।
नेपाल तरुण दल कोहलपुर नगर कार्य समितीको आयोजनामा भएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय पार्षद लुट बहादुर केसी ,नेपाल तरुण दल क्षेत्रिय सभापती दिप बिजय जंग राणा , बाँके नेपाल टे«ड युनियनका वरिष्ट उपाध्यक्ष बिमल आर्चाय, बाँके नेपाली काग्रेस जिल्ला सदस्य चुडामडी कडेल , नेपालगञ्ज मेडिकल कलेज कर्मचारी संघका केन्द्रिय सभापती याम बहादुर खड्का नेपाली काग्रेस बाँके क्षेत्रिय कोषाअध्यक्ष हेमराज पौडेल ,तरुण दल उपसभापती गोपाल जि.एम.कोहलपुर नगर प्रवक्ता यज्ञ महरा, नेपाली काग्रेस कोहलपुर नगर सचिव भुम भण्डारी लगायत ६ दर्जन तरुण युवायुवतीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस