राहत वितरण पुन सुचारु ग¥यौ :  वडा अध्यक्ष बस्नेत

कोरोना भाइरस महामारीको समयमा भएको बन्दाबन्दी खुकुलो भएतापनी बाँकेमा आम मानिसहरुको जनजीवन अझै सामान्य हुन सकेको छैन् । बन्दाबन्दीको समयमा रातह वितरण कार्य भएतापनी अझैँपनी ज्यालादारी र अति असाय विपन्न परिवारहरुलाई समस्या एकछाक टार्नका लागि समस्या भइरहेको छ । सोही विषयलाई ध्यानमा राखी राप्तीसोनारी गाँउपालिका वडा नं. ८ मा विहिवार पुन राहत वितरण गरिएको छ ।
कोरोना भाइरसका कारण बन्दाबन्दीको समय लम्बिने भएकाले वडा कार्यालयमा राहत सामग्री स्टक राखिएकाले पुन राहत वितरण गरिएको राप्तीसोनारी गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष खुम बहादुर बस्नेतले जानकारी दिए । वडा अध्यक्ष बस्नेत भन्छन् बन्दाबन्दीको सममयमा समस्यामा परेका एक छाक टार्न मुस्किल परेका अति विपन्न, अपाङ्ग र राहतबाट बञ्चित ब्यक्तिहरुलाई वितरण गरेका छौँ । वडाध्यक्ष बस्नेतका अनुसार बिहिबार पेरानी, खल्लागाउ, बालापुर, ओवरी, नयाँगाउ र बनखेतका १ सय ३४ घरधुरीलाई राहत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस