कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बाेलाएकाे छ । म‌ंगलबारका लागि बाेलाइएकाे साे बैठक पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भनिएकाे छ ।

आइतबार बसेको पदाधिकारीहरुको बैठकले १६ गते १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । यो बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस