मृगौला पिडित वि.क.लाई गेरुवाका युवा नेता थापाद्धारा आर्थिक सहयोग

लामो समयदेखी दुबै मृगौलामा समस्या भएपछी आर्थिक अभावका कारण उपचारको समस्या झेल्दै आइरहेका बर्दिया गेरुवा गाँउपालिका वडा नं. ४ मैनापोखरका गोपाल वि.क. नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भौतारिरहेका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण कोरोना भाइरसको बन्दाबन्दीको समयमा समेत ३ महिनादेखी अस्पतालमै वि.क.को बास भएको छ । हप्तामा २ पटक मृगौलाको डाइलेसिस गर्नुपर्ने भएपछी अहिले कोहलपुर मेडिकल कलेजको तेश्रो तल्लाको बाहिरबट्टी वि.क.को बास भएको छ ।
बुधबार आफ्नै गाँउले मृगौलाको समस्याबाट पिडित भएको खबर सुनेपछी बर्दिया जिल्ला गेरुवा गाँउपालिका वडा नं. १ का नेपाली कांग्रेशको भातृसंगठन तरुण दलका युवा नेता भुवन थापाले मृगौला पिडित वि.क.को परिवारलाई नगद ५ हजार र मास्क , सेनिटाइजर हस्तान्तरण गरेका छन् ।
थापाका अनुसार मानविय सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने उदेश्यका साथ आफ््नै गाँउले मृगौलाको समस्याले अस्पतालमा दुख पाएको खबरले आफुले सक्दो सहयोग गरेको थापाले बताएका छन् । सामाजिक सेवा संगै युवाहरुको मन जित्न सफल भएका थापा यशोदा फुड प्रालि कम्पनी बुटवलका सफल वैधानिक प्रतिनिधी समेत रहेका छन् ।
थापाको सानो सहयोगले पनी मृगौला पिडित वि.क.का परिवारलाई उपचारमा सहयोग हुने परिवारले बताएका छन् । आगामी दिनमा थप सहयोग गर्ने र आफ्नो गाँउपालिका भित्र दुखमा परेका मानिसहरुलाई सहयोगका कार्यक्रमहरु निरन्तर गर्ने युवा नेता भुवन थापाले बताएका छन् । मृगौला पिडित वि.कका परिवारलाई आर्थिक हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दल कोहलपुरका उपसभापती गोपाल जि.एम. , नेपाली कांग्रेश कोहलपुर नगरका सचिव भुम भण्डारी, एभिन्युज टेलिभिजन कोहलपुरका सम्वाददाता राम बहादुर रावतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस