कालोबजारी गर्ने उद्योगी व्यापारीमाथी एक्सन लिदै अनुगमन टोली

आइतबार कोहलपुर नगरपालिका भित्र रहेका हाडवर्यर पसल अनुगमन गरिएको छ । वाणिज्य तथा आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँके ,घरेलु तथा साना उद्योग कार्यालय बाँके,नापतौप तथा गुणस्तर कार्यालय र कोहलपुर नगरपालिकाकाबाट संयुक्त रुपमा अनुगमन गरिएको छ । उक्त अनुगमनका क्रममा कोहलपुर १० मा रहेको प्रकाश ट्रेडस हाडवर्यर पसललाई ५० हजार जरिमाना गराइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मुल्य सूची नराखिएको , व्यवसाय संचालन गर्दा आवश्यक कागजातहरु नभेटिएकाले उक्त पसललाई कारवाही गरिएको अनुगमन समितीका संयोजक बिर बहादुर वि.क.ले बताए ।
कोहलपुरमा भएको संयुक्त अनुगमनको टोलीले मुल्य वृद्धि गर्ने,कर छली गर्ने, कालो बजारी गर्ने व्यापारीहरुलाई कडा रुपमा कारवाही गर्दै आइरहेको छ । यसभन्दा पहिलेपनी कालोबजारी गर्ने थुप्रै व्यापारीहरु कारवाहीमा परिरकेका छन् । समय समयमा हुने यस्ता अनुगमनले व्यापारीहरुलाई थप सुझाब सल्लाह पनी दिदै आएको छ । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका कारण अधिकाश व्यापारीहरुले हरेक बस्तुहरुमा मुल्य वृद्धि गराउने कार्य गरिरहेका बेला कोहलपुरमा संयुक्त अनुगमन टोली भने आफ्नो अनुगमनको पाटोलाई तिव्र गती दिएको छ । वाणिज्य तथा आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका कृष्ण प्रसाद पौडेलका अनुसार अनुगमनका क्रममा व्यापारीहरुलाई थप सुझाब सल्लाह दिएको र कालोबजारी गर्ने कुनैपनी उद्योगी व्यापारीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्ने  बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस