सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण

जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरलाई ट्राफिक दुर्घटना न्यूनिकरणका लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कोहलपुर नगरपालिकाको सहयोग एवम् ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरको समन्वय तथा व्यवस्थापनमा दुर्घटना न्यूनिकरणका लागि आवश्यक पर्ने सचेतनामूलक सामाग्री उपलब्ध गराइएको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका नगर प्रमुख लुट बहादुर रावतले बाँकेको कोहलपुरमा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि नगरपालिकाले आर्थिक सहयोग उपलव्ध भएका जनचेतनामूलक सामाग्रीहरुले दुर्टटना न्यूनिकरण कार्यमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । कोहलपुर नगरपालिका बजारमा जथाभावी रुपमा सवारी साधनहरु पाकिङ्गगर्ने प्रवृति भएकाले यस विषयलाई समधान गरिदिन ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेलाई अनुरोध समेत गरिएको छ ।
सामाग्री ग्रहण गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले पछिल्लो समयमा जिल्लामा ट्राफिक व्यवस्था व्यवस्थापनमा चुनौतीपूर्ण देखिएको नगरपालिकाको सहयोग र ज्ञानोदय पुस्तकालयको सहजिकरणमा उपलब्ध सामाग्रीहरुले दुर्घटना न्यूनिकरणमा सहयोग मिलेको बताए । उनले आप्mनो कार्यालयमा अभाव रहेका प्लाष्टिक ब्यारिगेटर, प्लाष्टिक मोवाइल कोण, ट्राफिक जनचेतनामूलक बोर्डहरु, म्याजिक लाइटहरु, रिफ्लेटिन स्टिकरहरु लगाएतका अन्य सामाग्रीहरु उपलब्ध भएकाले अबका दिनमा ट्राफिक व्यवस्था व्यवस्थापनमा धेरै सहजता मिल्ने भन्दै सहयोगी संस्था र समन्वयकारी संस्थाप्रति सदैैव जिल्ला ट्राफिक कार्यालय आभारी हुने बताए । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सचिव शुसिल सापकोटाले सवारी दुर्घटना न्यूनिकरणका लागि कोहलपुर नेपालगञ्ज सडक अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएकाले ट्राफिक व्यवस्थापन पनि सोही अनुरुप अवलम्वन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस