मन्त्री अर्यालको मुलुकमा संकटका बेलामा गाडि किनेर रत्यौली देखाउने इच्छलाई अर्थमन्त्रालयले पनि सहयोग गरेको छ । मन्त्री अर्यालको गाडीमोहलाई साकार पार्न भूमिसुधार मन्त्रालयले अर्थबाट डेढ करोड रुपैयाँ स्वीकृति पाइसकेको छ । भूमि तथा भूउपयोग व्यवस्थापन कार्यको बजेट रकमान्तर गरी मन्त्रालयले मन्त्री अर्यालका लागि गाडी किन्न लागेको हो । मन्त्री अर्यालका लागि गाडि किन्न पाँच करोड ३७ लाख रकमान्तर अर्थ मन्त्रालयले अनुमति दिएको छ । अर्थ मन्त्रालयको बजेट शाखाले सहमतिको चिठी वैशाख १७ गते तोक लगाएर भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन शाखामा पठाएको हो । अर्थ मन्त्रालयले मन्त्री र नापी विभाग अन्तर्गतका कार्यक्रमका लागि सवारीसाधन खरिद गर्न पाँच करोड ३७ लाख रुपैयाँ रकमान्तर गर्न अर्थ मन्त्रालयमा सहमति माग्दै प्रस्ताव पठाएको थियो । अर्थ मन्त्रालयले मन्त्री अर्यालयको इच्छा पूरा गर्नका लागि प्रस्ताव गएको एक साता पनि नबित्दै वैशाख १५ गते गाडि खरिद गर्न सहमति दिएको हो ।