३८ औँ वि.पि. स्मृति दिवसको अवसरमा नेपाल तरुण दलले रक्तदान कार्यक्रमको आयोजना गर्ने

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको ३८ औँ वि.पि स्मृति दिवसको अवसरमा नेपाल तरुण दल नगर कार्य समिती कोहलपुरले साउन ९ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष वि.पि. स्मृतिको दिवसको अवसरमा नेपाल तरुण दल  कोहलपुर नगर कार्य समितीले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आएको छ । यस वर्ष कोरोना भाइरस कोविड १९ को महामारीले कोहलपुर लगायत बाँके जिल्लामै रगतको अभाव देखिएकाले यस वर्षको ३८ औँ वि.पि. स्मृति दिवसलाई रक्तदान कार्यक्रमको आयोजना र अन्य विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने रहेको नेपाल तरुण दल कोहलपुर नगर कार्य समितिका सभापती हरिसिह कठायतले जानकारी दिए । सभापति कठायतका अनुसार ३८ औँ विपि स्मृति दिवसको अवसरमा सम्पुर्ण महानुभावहरुलाई रक्तदान गर्न समेत अनुरोध गरिएको छ । विगतका वर्षहरुमा पनी नेपाल तरुण दल, महिला संघ लगायत थुप्रै भातृसंगठनले देशभर विभिन्न कार्यक्रमको आयोजना गरि वि.पि. स्मृति दिवसलाई मनाउदै आएका छन् । यस भन्दा पहिले पनी वि.पि. स्मृति दिवसको अवसरमा १८४ पिन्ट रगत संकलन भएको थियो । यस वर्षको विपी स्मृती दिवस कार्यक्रम नेपाली काग्रेशका भातृसंगठनहरुले फरक फरक कार्यक्रमको आयोजना गरि मनाउदै छन् ।   कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन् । नेपाली कांग्रेस तथा नेपाली साहित्यकारहरुले देश र विदेशमा विभिन्न कार्यक्रमका साथ कोइरालालाई सम्झदैछन् । पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए ।

कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थिए  । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए । बिपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुन् । उनका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् । वीपीको निधन विसं २०३९ साउन ६ गते काठमाडौँमा घाँटीको अर्बुदरोगबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस