दुई तिहाइको सरकार काण्डै काण्डमा फसेको सांसद गौतमको आरोप

नेपाली काग्रेस कोहलपुर नगरपालिका वडा नं. ३ वडा कार्यसमितीले सोमबार अन्र्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । उक्त अन्र्तक्रिया र पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै संघिय सांसद एवं पूर्व सिचाई मन्त्री संजय गौतमले  दुई तिहाइको सरकार काण्डै काण्डमा फसेको आरोप लगाएका छन् । विकास निर्माण देखी हरेक क्रियाकलापमा सरकार भष्ट्रचारको दलदलमा फर्सेको बताएका छन् । नेपाली काग्रेशको आगामी महाधिवेशनलाई सफल बनाउन सम्र्पुण कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेश बाँकेका उपसभापती फुलाराम चौधरीले जनताको हरेक दुख सुख र समाज रुपान्तरणका लागि नेपाली कांग्रेश पार्टी भएकाले सबै गोलबन्द भई अगाडी बढ्न समेत अनुरोध गरेका छन् ।

उक्त अन्र्तक्रिया कार्यक्रम संगै २ दर्जन भन्दा बढि नेपाली काग्रेश पार्टीमा प्रवेश गरेको कोहलपुर नगरपालिका वडा नं. ३ का कार्यबाहक सभापती गणेश थापाले बताए । २०४६ सालदेखी एमालेको सक्रिय राजनितीमा आवद्ध भएका शकर थारु लगायतको टोली सोमबार सांसद गौतमले नेपाली काग्रेश पार्टीमा स्वागत सहित सम्मान गरेका थिए । उक्त अन्र्तक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेश महाधिवेशन प्रतिनिधी नारायण गौडेलले कोहलपुर नगरपालिका वडा नं.३ मा भएको भष्ट्रचार अनियमितताका लागि आफु निरन्तर खबरदारी गर्ने बताएका छन् । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेश क्षेत्रिय सभापती माधवराम खत्रीले पार्टी संगठन र जनताको दुख सुखमा आफु निरन्तर लागि परेको र आगामी दिनमा पनी जनताकै दुख सुखमा सहयोग गर्दै अगाडी बढ्ने बताएका छन् । अन्र्तक्रिया कार्यक्रममा महाधिवेशन प्रतिनिधी ,क्षेत्रिय प्रतिनिधी, नगर प्रतिनिधी तरुण ,युवा, महिला संघ, क्रियासिल सदस्य  निर्वाचित जनप्रतिनिधी लगायतको आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस