युवा संघका सदस्य अजय पुन मगर रक्तदान गरेर नेपाली काँग्रेसमा प्रवेश

बाँकेको कोहलपुरमा नेकपाको भातृ संगठन राष्ट्रिय« युवा संघका सदस्य अजय पुन मगर सहित ९४ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको ३८ औँ स्मृती दिवसको अवसरमा मगर सहित ९४ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । अजय पुन मगर नेकपा बाँकेका जिल्ला कमिटी सदस्य समेत हुन ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितले नेकपा बाँके युवा संगठनका सदस्य अजय पुन मगर सहित ९४ जना युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा बोल्दै मगरले अबको राजनैतिक यात्रा विपीले देखाएको बाटोबाट अगाडी बढने बताएका छन् । साथै, ३८ औँ विपि स्मृती दिवसको अवसरमा रक्तदान गरेर उनीहरुले पार्टी प्रवेश गरेका हुन ।

प्रतिक्रिया दिनुहोस