अध्यक्ष ओलीले स्थायी कमिटी बैठक फेरि स्थगन गर्न खोजे अर्का अध्यक्ष प्रचण्डले अघि बढाउने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको संकट गम्भीर अवस्थामा आइपुगेको छ ।

पटक–पटक स्थगित भएको स्थायी कमिटीको बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले फेरि स्थगित गर्न खोजेमा अर्काे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि बढाउने वरिष्ठ चार नेताहरूबीच सहमति भएको छ ।

अध्यक्ष दाहालनिवास खुमलटारमा सोमबार भएको छलफलमा सचिवालयका सदस्यहरू एवं वरिष्ठ नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले यस्तो सहमति गरेका हुन् ।

स्रोतका अनुसार मंगलबारका लागि पुनः तय गरिएको स्थायी कमिटी बैठक अर्का अध्यक्ष ओलीले स्थगन गर्न खोजेमा अर्का अध्यक्ष दाहालले निरन्तरता दिने सहमति भएको छ ।

यी चार नेताहरूबीच सोमबार दुई घन्टाभन्दा बढी समय भएको छलफलपछि उनीहरू यस्तो सहमतिमा पुगेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस