पूर्वप्रधानमन्त्री  सुर्य बहादुर थापाका छोरा  पूर्वमन्त्री सुनील थापा काँग्रेसमा प्रवेश

काठमाडौं । पूर्वप्रधानमन्त्री  सुर्य बहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश गरेका छन् ।  उनीसहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र  ईन्द्रबहनदुर तामाङ पनि काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु सबै राप्रपाका प्रभावशाली नेता भएकाे बताइएकाे छ ।

कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता काँग्रेसमा प्रवेश गरेका र अन्य जिल्लाबाटै प्रवेश गर्ने बताइएको छ । आज पार्टी प्रवेश गर्ने सबैलाई काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् भने  उपसभापति बिमलेन्द्र निधिले पार्टीमा स्वागत गरे ।

यस्तै नवप्रवेशीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधिले लामो छलफलपछि थापा लगायतलाई पार्टी प्रवेश गराउन सफल भइएको बताए । आजको दिन ऐतिहासिक भएको समेत बताउँदै निधिले सूर्यबहादुर थापाको खुलेर प्रशंसा गरे ।
सूर्यबहादुर थापाको राजनीतिबारे पक्ष र विपक्षमा  वहस भए पनि नेपाली राजनीतिकमा उनको ठूलो योगदान रहेको निधिले बताए ।

प्रतिक्रिया दिनुहोस