१४ औँ महाधिवेशनमा युवाको भुमिका पनि उत्तिकै रहन्छ : नगर सचिव भुम भण्डारी

नेपाली काँग्रेसका १४ औँ महाधिवेशनकोे पूर्व तयारीको लागि यतिखेर कार्यकर्ता देखी जिल्ला स्तर सम्मको नेताहरुको वडास्तरमा निकै दौडधुव भइरहेको छ । ५ वर्षे कार्यकाल रहने नेपाली काग्रेशको विद्धानमा उल्लेख रहेको छ । दुई खिमामा देखिने नेपाली कांग्रेशको महाधिवेशनमा भाग लिनका लागि कोहलपुर क्षेत्रबाट थुप्रै आंकाक्षी देखिएका छन् । करिब ९ सय ३७ जना पूराना कांग्रेशका क्रियाशिल सदस्यहरु रहेका छन् भने यस वर्ष ८ सय ६० क्रियासिल सदस्य बाँडने तयारीमा नेपाली कांग्रेस कोहलपुर पुगेको छ । १४ औँ महाधिवेशनमा सभापतीको आंकाक्षी रहेका भुम भण्डारी संग मार्गरेखा राउण्ड टेबुलमा मार्गरेखा सम्वाददाता संग गरिएको कुराकानी सक्षिप्तमा :

१.मार्गरेखा राउण्ड टेवुलमा यहाँलाई स्वागत छ ।
धन्यवाद ।

२.यहाँको राजनैतिक शुरुवात कहाँबाट भयो ?
नेपाली कांगेशको भातृसंगठन नेपाल विद्यार्थी संघमा २०५१ सालदेखी मेरो राजनैतिक यात्रा शुरुवात भएको हो । पश्चिम रुकुममा रहेको सितल उच्च माध्यामिक विद्यालयमा अध्ययनको शिससिलाबाट राजनैतिक यात्राको शुरुवात गर्दैै यहाँसम्म आइपुगियो ।

३.विद्यार्थी संघबाट राजनैतिक यात्रा शुरुवात गर्दै कोहलपुर नगरको सचिव पद सम्म आइपुग्दा के कस्ता चुनौतीहरु सामना गर्नुप¥यो ?
राजनैतिक क्षेत्रमा थुपै्र चुनौतीहरु हुन्छन् । आम कार्यकर्ताका समस्या र जनताका समस्याहरु थुप्रै हुन्छन् । ति समस्यालाई समधान गर्न र पार्टीपत्तीलाई अगाडी बढाउन थुप्रै चुनौतीहरु आएहोलान । जिम्मेवार पदमा रहेर काम गर्दा आउने चुनौतीहरु अहिले सम्म सहजै समधान गरेका छौँ । विभिन्न खालखण्डमा भएका चुनौती र देश विकासमा हामीले पु¥याएको योगदान र सृमद्ध समाज निर्माणका लागी काम गर्दा आउने चुनौतीहरु जिम्मेवारी व्यक्तिले हैसियतले सहजै रुपमा सामना गर्दै आएका छु ।

४.नेपाली कांग्रेशको चौधौँ महाधिवेशन आउदैछ सबै नेताहरु आफ्नो दौडधुवमा व्यस्त देखिन्छन् तपाई पनी त्यसैमा व्यस्त हो ?
प्रश्नका लागि धन्यवाद । नेपाली कांग्रेशको चौधौँ महाधिवेशन आउदैछ । नेता बन्न र पदिय दायित्वमा पुग्ने सबैलाई रहर हुनु स्वभाविक नै हो । पार्टी भित्र गरिने गृहकार्य स्वभाविक पनि हो तर आम कार्यकर्ताले बुझन के जरुरी छ भने कांग्रेशको नेतृत्व कस्ले गर्न सक्छ ,समय कस्ले दिन सक्छ । जनताको बास्तविक समस्यालाई कस्ले समधान गर्न सक्छ । समाज परिवर्तनको लागि कस्को नेतृत्व भएमा उपयुक्त हुन्छ भन्ने फैसला गर्ने आम कांग्रेशमा आवद्ध रहेका क्रियासिल सदस्यहरुले बुझ्न जरुरी छ । अब मेरो विषयमा भन्नुभयो पार्टीमा आवद्ध रहेका साथीभाईले चाहाना राख्नुभयो भने त्यस विषयमा मैले पनी सोच्नुपर्छ ।

५.तपाईको आफ्नै पार्टीभित्र गुट उपगुट देखियो यसले सकरात्मक सन्देश दिन्छ त ?
नेपाली कांग्रेश सबैभन्दा पुरानो पार्टी र लामो इतिहास देखी देश र जनता प्रति योगदान दिदै आएको छ । यस विषयमा आम जनताले पनि बुझेकै कुरा हो । तर पार्टीको आन्तरिक समस्या हुन सक्छन् कोही कसैको पक्षमा हुनसक्छ । स्वभाविक पनी हो त्यसलाई अन्यथा लिनु हुदैन । पार्टी भित्र हुने प्रतिस्पर्धाबाट नै सफल नेतृत्व चयन हुने हो । पार्टीभित्रको साना तिना समस्या भएतापनी सामाजिक मुद्धामा हाम्रो एकै मत हुन्छ ।

६.नेपाली कांग्रेशको १४ औँ महाधिवेशनमा युवाहरुको सम्भावना कतिको देख्नुहुन्छ ?
इतिहासका पाना पल्टाउनु भयो भने नेपाली राजनैतिक यात्रामा योगदान पु¥याएका छन् भने ति युवा तरुणहरुको महत्वपूर्ण भुमिका रहेको छ । पार्टी पक्तिलाई मजबुद्ध बनाउदै देशलाई परिवर्तनको बाटोमा लैजाने आम युवाहरुलाई धन्यवाद पनी दिन चाहान्छु । तर १४ औँ महाधिवेशनमा युवाहरु समेटिन्छन् । युवाहरुले पनी आफ्नो क्षमता प्रतिभा देखाउन जरुरी छ ।

७.तपाईको पार्टीको क्रियाशिल सदस्य वितरणमै समस्या आएको छ भन्ने सुनिन्छ के सत्य हो ?
नेपाली कांग्रेसको क्रियासिल सदस्य विगत वर्षमा वितरण भयो यस वर्ष पनी हुँदैछ । यस वर्ष झण्डै ८ सय भन्दा बढी क्रियासिल सदस्य कोहलपुर नगरपालिका भित्र बितरण गर्दैछौँ । यस विषयमा वडा कार्यसमितीले छनोट गरेर पठाएकै व्यक्तिले पाउने हो । यस विषयमा हामी पनी गम्भिर भएर लागी रहेका छौँ । यस वर्ष वितरण हुने क्रियाशिल सदस्यता वडामा पुग्ने गरी पठाउदैछौँ अपुग भएमा नगर कार्यसमिती पहलमा लागी पर्नेछ ।

८.नेपाली कांगेश कोहलपुर नगर सचिव पदमा रहेर काम गर्नुभयो अबको आशा सभापती दाबी गर्ने सोच हो तपाईको ?
प्रश्नका लागि फेरीपनी धन्यवाद दिन चाहान्छु । १३ औँ महाधिवेशनबाट कोहलपुर नगरको सचिव पदमा रहेर काम गर्दै गर्दा हामीले थुप्रै अनुभवहरु लिइसकेका छौँ । अबको समय भनेको सामाजिक क्षेत्रमा एक्सन बाइ एक्सन काम गर्नुपर्ने अवस्था छ । सम्र्पुण क्रियासिल साथीहरुको सल्लाह र आम कांग्रेशले जिम्मेवारी दिएको खण्डमा यस विषयमा सोच्नुपर्ने अवस्था हुन सक्छ ।

९. अन्तमा केही भन्नु छ ?
अन्तमा नेपाली कांग्रेश कोहलपुर नगर कार्यसमितीका बारेमा र समग्र १४ औँ महाधिवेशनका बारेमा जानकारी दिने अवसर दिनुभयो त्यसका लागि धन्यवाद दिन चाहान्छु । सफल नेतृत्व समृद्ध नेपालका निर्माण लागी र आम कोहलपुरबासी जनताकोे पक्षमा सधै दुखसुख सहयोग सहित नेपाली कांगेशको तर्फबाट गर्नुपर्ने जिम्मेवारी सधै बहन गर्नेछु । धन्यवाद

प्रतिक्रिया दिनुहोस