अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई १५२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक बोलाइनु पर्ने माग गदै   हस्ताक्षरसहितको पत्र बुझाए

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ जना केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय समिति बैठक बोलाइनु पर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।
बैठकको मागसहित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरुले हस्ताक्षरसहितको पत्र बुझाएका हुन् । स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि  उनीहरुले पार्टीको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक माग गरेका हुन् ।
बैठक माग गर्नेमा बिजय पौडेल, जगन्नाथ खतिवडा, कृष्ण केसी, मुक्ति प्रधान, हिमाल शर्मा, लेखनाथ न्यौपाने, दिलुकुमारी पन्त, झपट बहादुर रावल, सुजन किराती, राजेन्द्र राई, बलावती शर्मा, कृष्ण केसीलगायत १५२ जना छन् ।
उनीहरुले बुझाएको हस्ताक्षरसहितको पत्रमा भनिएको छ, ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पाछर्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’ विवाद समाधानका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस