अख्तियारले बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित दुई जना लाई रुपन्देहीबाट  पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित दुई जना कर्मचारीलाई रुपन्देहीबाट पक्राउ गरेकोछ ।

विशेष सुराकीको आधारमा बुटवल कार्यालयबाट खटि आएका अख्तियारका कर्मचारीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजार र बैंकमा जम्मा गरेको ५ लाख ५० हजारको बैंक भौचरसहित झन्डै ९ लाख श्रोत नखुलेको रकमसहित रुपन्देहीको सैनामैनाबाट पक्राउ गरेको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

सुचना अधिकारी भुसालका अनुसार भट्टराई र रोकायलाई श्रोत नखुलेको उक्त रकमसहित बाँके निकुञ्जको सरकारी गाडीबाटै नियन्त्रणमा लिइएको हो

प्रतिक्रिया दिनुहोस